
वर्तमान समसामयिक राजनीतिक समस्या समाधान गर्न नेपाली काँग्रेस र नेकपा एमाओवादीका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भएको वैठकबाट बाहिरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २१ भदौ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेपाली काँग्रेस र एनेकपा (माओवादी)का शीर्ष नेताहरुका बीचमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा काँग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला र वनमन्त्री महेश आचार्यलगायतको सहभागिता थियो ।
यसैगरी एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।
बैठकपछि उपसभापति पौडेलले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दुई दलका बीचमा छलफल भएको जानकारी दिए ।
भोलिदेखि सुरु हुने संविधानसभाको बैठक, संविधानको मस्यौदामाथि दलहरुले पेस गरेका संशोधन प्रस्ताव, तराई मधेस केन्द्रित दलको आन्दोलनलगायतका विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वनमन्त्री आचार्यले दलहरुका बीचमा सहमति, सहकार्य र एकताबाट नै संविधान जारी गर्ने पक्षमा काँग्रेस रहेको बताए ।
आन्दोलनमा रहेका तराई मधेस केन्द्रित दलहरुका मागका बारेमा बैठकमा छलफल भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते