
काठमाडौँ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बहुमत केन्द्रीय सदस्यले पार्टी अध्यक्ष पशुपतिशमशेर राणालाई हटाई लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाएको घोषणा गरेका छन् ।
राप्रपाका १०३ केन्द्रीय सदस्यमध्ये ६१ जना बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आज निर्वाचन आयोगमा चन्दलाई अध्यक्ष बनाइएको जानकारी सो पक्षले दिएको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा चन्दले अब पार्टीको अध्यक्ष आफू भएको घोषणा गर्दै राणा अध्यक्षबाट हटेको जिकिर गर्नुभयो ।
चन्दले भन्नुभयो – “एक वर्षदेखि पार्टी केन्द्रीय समितिको बैठक बोलाइएको थिएन, पजनी शैलीमा सदस्य बढुवा–घटुवा गर्ने कार्य भइरहेको थियो । पार्टीको बृहत्तर एकताका लागि हामीले यो कदम चालेका हौँ ।”
उहाँले यो फुट नभई एकता भएको जनाउँदै पार्टी थप सशक्त भएर अघि बढ्ने बताउनुभयो ।
उहाँले यस अघिको एकता महाधिवेशनपछि पार्टीले राष्ट्रिय उचाइ लिने विश्वास विपरीत वैचारिक दृष्टिकोण र प्रक्रिया उपेक्षा गरेर निवर्तमान अध्यक्ष राणाले पार्टीलाई धराशायी बनाएको आरोप लगाउनुभयो ।
उहाँले केन्द्रीय समिति, भ्रातृ सङ्गठन कुनै निकायको बैठक नगरी विधानको उल्लङ्घन गर्दै जिल्ला सभापति नियुक्ति र बर्खास्ती गर्ने कार्य नेतृत्वले गरी पार्टीलाई ध्वस्त बनाएकोे टिप्पणी गर्नुभयो ।
नयाँ बन्ने संविधानमा राष्ट्रिय एकतासहितको सङ्घीयता, विभिन्न भाषा र संस्कृतिको सशक्तीकरण, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन सर्वधर्म सापेक्ष राष्ट्रका रुपमा पहिचान दिनुपर्ने पार्टीको माग रहेको उहाँले जानकारी दिनुभयो ।
पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले बृहत्तर हित र एकता हुने गरी आजको निर्णय भएको बताउनुभयो ।
विसं. २०४६ पछि सो पार्टी विभिन्न चरणमा फुट र एकताबाट गुज्रिएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित