काठमाडौँ, २० भदौ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध र सुसंस्कृत तुल्याउन शोषणरहित र भेदभावमुक्त समाज निर्माणको आवश्यकता औँल्याइएको छ ।
व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा सहभागी सांसदले छुवाछूत, विभेद, शोषण र कुप्रथाजस्ता विकृतिलाई सबै मिलेर समाजबाट समाप्त पार्न सक्ने बताए ।
आवश्यक परेको खण्डमा परिवारमा समेत हस्तक्षेप गरेर मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्न सक्ने समितिको भूमिकालाई शोषणरहित समाज निर्माणमा सदुपयोग गर्न सक्नुपर्छ भन्दै उनीहरुले परिबन्दले झ्यालखानाभित्र रहन बाध्य निर्दाेष नागरिकलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेमा पनि समिति बोल्न आवश्यक रहेको धारणा राखे ।
आन्दोलनका नाममा कैलालीको टीकापुरमा गत साता भएको घटनालाई सुनियोजित हत्याकाण्डको सङ्ज्ञा दिँदै बैठकमा केही सांसदले सत्य निरुपण तथा बेपत्ता नागरिक छानबिन आयोगले हालसम्म गरेको कामको प्रगतिबारे जानकारी लिने र आयोगलाई सहयोग पुरयाउनेतर्फ पनि समितिले ध्यान पुरयाउनुपर्ने बताए ।
बैठकमा पेस गर्ने भनिएको कैलाली घटनाको प्रतिवेदन तयार भइनसकेकाले बैठक विविध विषयमा छलफल गरेर टुङ्गिएको थियो ।
बैठकमा खुल्ला कारागार गर्ने विषयमा छलफल भएको थियो भने जानकी मेडिकल कलेजमा देखिएका अनियमिताको विषयले पनि प्रवेश पाएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते