भक्तपुरमा आत्महत्या गर्नेको सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०६९/७० मा ४१ जनाले आत्महत्या गरेकामा गत आवमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
आत्महत्या गर्नेमध्ये झुन्डिएर मर्नेको सङ्ख्या अधिक रहेको छ । ५३ जनामध्ये ३७ जनाले झुन्डिएर आत्महत्या गरेका थिए ।
त्यस्तै विष सेवन गरेर १३, आगो लगाएर एक, औजार प्रयोग गरेर एक र हाम फालेर एकजनाले ज्यान फालेको परिसरले जनाएको छ ।
आत्महत्या गर्नेमा युवतीको सङ्ख्या बढी भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले बताए । विशेषगरी १५ देखि २० वर्ष उमेर समूहका युवतीले आत्महत्या गरेको पाइन्छ– उनले भने, “यो संवेदनशील विषय हो यसको निराकरण गर्न आवश्यक छ ।”
अनुसन्धानका क्रममा आत्महत्याको प्रमुख कारणमा प्रेममा धोका भएको पाइएको अधिकारीले बताए। त्यससँगै आर्थिक कारणले पनि आत्महत्या गरेको पाइएको छ । साथै केही घटना क्षणिक आवेशमा आएर भएको पाइएको छ । रासस
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति