टोकियो (जापान), १९ भदौ । अधिवेशनपछि निष्क्रिय रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) जापानको आगामी दुई वर्षका लागि आइतबार हुने निर्वाचनमा उपाध्यक्षमा एक महिलासहित पाँच, अध्यक्षमा तीन र बाँकी सबैमा दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षमा चिरञ्जीवी थापा, सुदन थापा र नरबहादुर थापाबीच भिडन्त हुने भएको छ । तीन उपाध्यक्षका लागि एक्ली महिला सङ्गीता अधिकारीसहित देवीलाल भण्डारी, ऋद्धिन्द्र गिरी, तासी लामा र टङ्क गैरेबीच निर्वाचन हुँदैछ ।
दुईवर्षे कार्यकालका लागि हुने एनआरएन जापानको कोषाध्यक्षमा दीपक थापा र प्रेम कँडेल तथा महासचिवका लागि अनुज थापा र सरोज खत्री लड्दै छन् । त्यस्तै एक सचिवका लागि बुद्धिराज घिमिरे र विष्णुप्रसाद घिमिरेबीच भिडन्त हुने भएको छ ।
डा नेत्रप्रसाद भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिले मतदातालाई निर्वाचनमा सहभागिताका लागि तोकिएको मतदाता केन्द्रमा आवासीय कार्डका साथ जापानी समयानुसार बिहान १० बजेदेखि बेलुका ५ः३० बजेसम्म उपस्थिति जनाउन आग्रह गरेको छ ।
मतदान जापानका १२ स्थानमा एकैसाथ हुने छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जापानमा अध्ययन, रोजगार र व्यावसायिक प्रवेशाज्ञा भएका ४२ हजार ६०० नेपालीमध्ये चार हजार ३०० ले मात्र सदस्यता लिएका छन् ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड