काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको उपचारका क्रममा अमेरिकामा निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति प्रकाशन गरी उनको दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा स्वजनप्रति समवेदना व्यक्त गरेका छन् ।
होचो शारीरिक कदको अग्लो विश्व कीर्तिमान लिएर डाँगीले नेपालको झन्डा विश्वमा फहराउँदै फैलाएको नेपालको कीर्तिमान चिरकालसम्म रहने विश्वास उनले व्यक्त गरे ।
“उहाँको सो कीर्तिमानले अस्वाभाविक शारीरिक कद, अपाङ्गता र अन्य समस्या रहेकाहरुसहित सबै नेपालीलाई उच्च मनोबल, नैतिकता, इमान्दारी, साहस र धैर्यका साथ कर्ममा समर्पित भएमा सबैले आफ्नो व्यक्तित्व विकास गरी राष्ट्रको कीर्ति फैलाएर मुलुकका लागि योगदान पुरयाउन सकिने रहेछ भन्ने सन्देश दिएको छ”–विज्ञप्तिमा भनिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते