काठमाडौँ, १९ भदौ । ग्रामीण क्षेत्रमा वसोवास गर्ने सीमान्तकृत समूहमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित सक्षम कार्यक्रमले आगामी वर्षदेखि बझाङ्ग, डोल्पा, हुम्ला, जुम्ला, कञ्चनपुर, कालीकोट, मनाङ्ग र मुगु जिल्लामा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।
मध्य र सुदूरपश्चिमका जिल्लामा केन्द्रित यस कार्यक्रम अन्तर्गत स्थानीय साझेदार संस्थाहरुको सहकार्यमा ३२ वटा जिल्लामा २८६ वटा शाखारहित बैकिङ्ग सम्पर्क केन्द्रहरू स्थापना भइरहेकामा तीमध्ये १४ वटा जिल्लाका भौतिक संरचनालाई वैशाख १२ को भूकम्पले गम्भीर क्षति पुरयाएको छ ।
यसै साझेदारीअन्तर्गत आठवटा जिल्लामा १५ वटा एक्स्टेन्सन सङ्कलन काउण्टर, २१ जिल्लामा वित्तीय संस्थाहरूका ४३ वटा शाखा र १० वटा जिल्लामा ट्याब्लेट बैकिङ्ग केन्द्रको सञ्चालन गरिनुका साथै प्रगतिशील वित्तीय संस्थाहरूसँग काम गरी मूल्य श्रृङ्खलामा कर्जासँग सम्बन्धित वित्तीय उत्पादनहरू पनि सुरु गरिने कार्यक्रमले जनाएको छ ।
सक्षम कार्यक्रमले हाल ११ वटा वाणिज्य बैंकसँग गरिएका विभिन्न १५ वटा साझेदारीमार्फत पाँचवटा नवीनतम उत्पादन, एउटा वितरण संयन्त्रमा नवीनता, १० वटा शाखामार्फत सेवा विस्तार र २५० वटा दुर्गम सम्पर्क विन्दुलाई टेवा पुरयाइरहेको एसेस टु फाइनान्सका टोली प्रमुख बालजीत बोहराले जानकारी दिए ।
त्यसैगरी, सातवटा विभिन्न लघुवित्तसँग गरिएको साझेदारीबाट २३ जिल्लामा वित्तीय सेवा उपलब्ध भएको र ती लघुवित्त संस्थालाई नयाँ कर्जासँग सम्बन्धित उत्पादनहरूको प्रारूप तयार गर्न, विकास गर्न, परीक्षण गर्न र प्रारम्भ गर्न र अन्य विद्यमान वित्तीय उत्पादनहरूको सुधार गर्न सहायता प्रदान गरेको उनले बताए ।
सक्षमले आफ्ना साझेदार संस्थाहरूलाई नयाँ प्रविधिमा लाग्न सहयोग गरेअनुसार प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने माध्यमहरूको परीक्षणका लागि सुदृढ व्यवस्थापन सूचना प्रणाली, ट्याब्लेट बैंकिङ परियोजना र साथमा उपलब्ध वित्तीय सेवाहरूको बारेमा लाभार्थीहरूलाई शिक्षित गराउन मोबाइल प्रविधिको पहुँचको उपयोग हुन थालेको छ । यसबाट सुरक्षित कारोबारलाई टेवा पुरयाएर उक्त क्षेत्रको वित्तीय अवस्थालाई रूपान्तरण गर्न सहयोग पुगेको कार्यक्रमले जनाएको छ ।
एक वर्षको अवधिमै कार्यक्रमले क्षमता अभिवृद्धि योजना, समूह केन्द्र र प्रविधिमा आधारित वित्तीय सारक्षता पाठ्यक्रम र सामुदायिक रेडियो, ट्याब्लेट र अन्तक्र्रियात्मक आवाज सम्बोधन (आइभिआर) सन्देशको प्रयोग गरेर गरिने वित्तीय साक्षरताका परीक्षण अभियानहरू पनि लक्ष्यित समूहरूलाई शिक्षित तुल्याउनेजस्ता वित्तीय साक्षरताका परियोजनाहरू सञ्चालन गर्न सकेको उनले बताए ।
उनका अनुसार आइभिआर प्रविधिले मात्रै छ हजार जनालाई वित्तीय साक्षरतासम्बन्धी सन्देशहरू पुरयाउनेछ । अहिले साझेदार वित्तीय संस्थाहरूका १० हजार सदस्यले विभिन्न माध्यमद्वारा वित्तीय साक्षरतासम्बन्धी सन्देशहरू पाइरहेका छन् ।
सक्षमको प्राविधिक तथा च्यालेन्ज फण्डको रु ६३.७ करोड सहयोगमा अहिलेसम्म मध्य र सुदूरपश्चिमका १४ जिल्लाका साथै भूकम्पबाट प्रभावित १४ जिल्लामा दुई लाख ७७ हजारभन्दा बढी व्यक्ति तथा २३ हजारभन्दा बढी लघु तथा मझौला उद्योगहरू लाभान्वित हुनेछन् ।
बैंक तथा वित्तीय संस्थाले सेवा नपुरयाइएका वा सेवा पुरयाउन योग्य नठानिएका क्षेत्रहरूमा सक्षमले यस वर्षदेखि वाणिज्य बैंक, लघुवित्त संस्थाहरू र सम्बन्धित संस्थाहरूमार्फत नवीनतम वित्तीय सेवा, उत्पादनहरूलाई मूल्य श्रृङ्खलामा समावेशीकरण; प्रविधिमा आधारित वित्तीय सेवा तथा वैकल्पिक सेवा प्रदान गर्ने माध्यमहरू; प्रभावकारिता वृद्धि गर्ने र प्रशासनिक खर्च कटौती गर्ने वित्तीय साक्षरता अभियानहरू र विद्यमान वित्तीय उत्पादनहरूलाई नयाँ विशेषताका साथ परिमार्जन गर्ने भएको छ ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा