
काठमाडौँ, १८ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको मुम्बई उडान सुरु गरेको छ ।
निगमको एयरबस ए ३२० लुम्बिनीले काठमाडौँबाट ५२ यात्रु बोकेर अपराह्न २ः०० बजे मुम्बईतर्फ उडान भरेको हो । यसअघि सन् २००५ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–मुम्बई उडान बन्द गरेको थियो ।
निगमको पछिल्लो दुई गन्तव्य उडान थप भएसँगै सात गन्तव्य पुगेका छन्, जसमा भारतका नयाँ दिल्ली, मुम्बई र बैंग्लोर, हङ्कङ, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर र कतारको दोहा छन् ।
पछिल्लो समय निगमले नयाँ एयर बस भित्र्याएपछि मुम्बई उडान सुरु गरिएको हो । सुरुमा साताको दुई दिन सोमबार र शुक्रबार उडान भर्ने निगमले जनाएको छ ।
मुम्बईका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी भाडा रु २० हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंसाकारले राससलाई जानकारी दिनुभयो ।
सुरुमा साताको दुई दिन मुम्बई उडान सुरु गरेको निगमले पछि सातामा तीन पटक सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी गरिरहेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते