काठमाडौँ, १८ भदौ । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको आज निधन भएको छ ।
पचहत्तर वर्षीय डाँगीको निमोनियाका कारण अमेरिकन समोआको पागोपागोस्थित ल्यान्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा नेपाली समयअनुसार मध्याह्न १२ बजेतिर निधन भएको बताइएको छ । उनी मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन पाँच महिनाअघि त्यसतर्फ गएका थिए ।
उनका सहयोगी थानेश्वर गुरागाईँका अनुसार डाँगीका साथमा रहेका उनका भतिजा दोलखले हजुरबुवाको उपचारका क्रममा निधन भएको पुष्टि गरेका छन् ।
डाँगीको जन्म विसं १९९६ मङ्सिर १५ गतेसल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । हाल उनको स्थायी बसोबास दाङको पुरनधारास्थित रिमखोलीमा छ ।
चौध किलो तौल भएका डाँगीको उचाइ २१ दशमलव ५ इन्च रहेको थियो । उनी अविवाहित थिए । डाँगीले विसं २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाणपत्र प्राप्त गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते