काठमाडौँ, १८ भदौ । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको आज निधन भएको छ ।
पचहत्तर वर्षीय डाँगीको निमोनियाका कारण अमेरिकन समोआको पागोपागोस्थित ल्यान्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा नेपाली समयअनुसार मध्याह्न १२ बजेतिर निधन भएको बताइएको छ । उनी मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन पाँच महिनाअघि त्यसतर्फ गएका थिए ।
उनका सहयोगी थानेश्वर गुरागाईँका अनुसार डाँगीका साथमा रहेका उनका भतिजा दोलखले हजुरबुवाको उपचारका क्रममा निधन भएको पुष्टि गरेका छन् ।
डाँगीको जन्म विसं १९९६ मङ्सिर १५ गतेसल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । हाल उनको स्थायी बसोबास दाङको पुरनधारास्थित रिमखोलीमा छ ।
चौध किलो तौल भएका डाँगीको उचाइ २१ दशमलव ५ इन्च रहेको थियो । उनी अविवाहित थिए । डाँगीले विसं २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाणपत्र प्राप्त गरेका थिए ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता