काठमाडौँ, १८ भदौ । सर्वोच्च अदालतले कैलालीलगायत जिल्लामा स्थानीयस्तरमा प्रजिअलाई सेनासँग सहयोग लिन सक्ने अधिकारसंवैधानिक भएको ठहर गरेको छ ।
न्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रजिअले सेनासँग सहयोग लिन सक्ने व्यवस्था अन्तरिम संविधान २०६३ सँग नबाझिएको जनाएको छ ।
अधिवक्ताद्वय रोशनकुमार झा र यमकुमार योन्जनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलगायतलाई विपक्षी बनाई स्थानीयस्तरमा सेनाको सहयोग लिन सक्ने व्यवस्था संविधानसँग बाझिएको जिकिर गर्दै यही भदौ १५ गत रिट निवेदन दर्ता गर्नुभएको थियो ।
अदालतले लामो समयदेखि रहेकोे उक्त प्रावधान संविधान विपरीत नभएको ठहर गर्दै आज निवेदन खारेज गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को ६ ख को उपदफा (१) को (झ)मा स्थानीयस्तरमा ‘शान्ति कायम गराउनका लागि आवश्यक देखेमा सेनाको सहयोग लिने’ भन्ने व्यवस्था छ । त्यस्तै संविधानको धारा १४४ को उपधारा (३) मा नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन कानुनबमोजिम मन्त्रिरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने प्रावधान छ ।
कैलालीलगायत जिल्लामा सेना परिचालन गर्नु संविधान विपरीत भएको जिकिर गरी यसअघि पनि एउटा निवेदन दायर भएकामा अदालतले खारेज गरेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते