काठमाडौँ, १७ भदौ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब रु १५ अर्ब खर्च लाग्ने भएको छ ।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरेको अध्ययनअनुसार समितिमा दर्ता भएका दुई हजार १७१ गुम्बामध्ये देशका विभिन्न स्थानमा त्यस्ता एक हजार ३०० सम्पदा बिग्रिएका छन् ।
भूकम्प अति प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट र गोरखाका सम्पदामा धेरै क्षति पुगेको छ ।
स–साना धेरै सङ्ख्यामा चैत्य, गुम्बा, माने तथा छोर्तेन नोक्सान पुगेको छ । बौद्ध दर्शन तथा साहित्यमा महत्वपूर्ण मानिएका महायानी सम्प्रदायका प्राचीन तथा ऐतिहासिक विशेषता बोकेका ५०० वर्ष पुराना सम्पदासमेत भत्किएका छन् ।
समितिमा दर्ता हुन बाँकी तीन हजारभन्दा बढी गुम्बा छन् । समितिका अध्यक्ष कर्मा लेग्सेले पाँच वर्षभित्र ती सम्पदा मर्मत तथा जीर्णोद्धार गर्ने योजना राखिए पनि सरकारको आर्थिक तथा प्राविधिक सहयोग आवश्यक हुने बताए । उनले विदेशमा बसेका नेपाली तथा गैरनेपालीले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत ती सम्पदा निर्माणमा सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ