काठमाडौँ, १७ भदौ । भूकम्पका कारण देशका विभिन्न स्थानमा भत्किएका तथा जीर्ण भएका गुम्बालगायत सम्पदा पुनःनिर्माणका लागि करिब रु १५ अर्ब खर्च लाग्ने भएको छ ।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरेको अध्ययनअनुसार समितिमा दर्ता भएका दुई हजार १७१ गुम्बामध्ये देशका विभिन्न स्थानमा त्यस्ता एक हजार ३०० सम्पदा बिग्रिएका छन् ।
भूकम्प अति प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट र गोरखाका सम्पदामा धेरै क्षति पुगेको छ ।
स–साना धेरै सङ्ख्यामा चैत्य, गुम्बा, माने तथा छोर्तेन नोक्सान पुगेको छ । बौद्ध दर्शन तथा साहित्यमा महत्वपूर्ण मानिएका महायानी सम्प्रदायका प्राचीन तथा ऐतिहासिक विशेषता बोकेका ५०० वर्ष पुराना सम्पदासमेत भत्किएका छन् ।
समितिमा दर्ता हुन बाँकी तीन हजारभन्दा बढी गुम्बा छन् । समितिका अध्यक्ष कर्मा लेग्सेले पाँच वर्षभित्र ती सम्पदा मर्मत तथा जीर्णोद्धार गर्ने योजना राखिए पनि सरकारको आर्थिक तथा प्राविधिक सहयोग आवश्यक हुने बताए । उनले विदेशमा बसेका नेपाली तथा गैरनेपालीले अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत ती सम्पदा निर्माणमा सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा