नेपालगन्ज, १७ भदौ । बाँके जिल्लाको कोहलपुर नगरपालिकाबाट प्रकाशन प्रसारण हुंदै आएको पत्रिका र रेडियो एफएम बन्द गरिएका छन् ।
सीमाङ्कनको विरोधमा २३ दिनदेखि निरन्तर जिल्ला बन्द गर्दै आएका संयुक्त थरुहट मधेस सङ्घर्ष समितिका नेता कार्यकर्ताले त्यहाँबाट प्रकाशन हुने ‘मिसन टुडे’ दैनिकका सम्पादक प्रकाशक विनोद पौडेलमाथि समाचारको विषयलाई लिएर हातपात गरेपछि सबै सञ्चार संस्था बन्द गर्ने निर्णय गरिएको हो ।
बुधबार प्रकाशित समाचारमा ‘बन्दकर्ताले साँझ ५ बजेदेखि बिहान ०६ः०० बजेसम्म यातायात सञ्चालन गर्न दिएको’ आशयको समाचार प्रकाशन भएको आक्रोशमा बन्दकर्ता समूहले सम्पादक पौडेलमाथि हातपात गरेका थियो । त्यसैगरी आन्दोलनकारीले त्यहाँको ‘प्रतिबोध एफएम’लाई पनि सोही आशयको समाचार प्रसारण गरेको आक्षेप लगाएर एफएम र पत्रकार पूजन विश्वकर्मालाई जलाउने धम्की दिएको पीडितले बताएका छन् ।
यसैबीच आज नेपाल पत्रकार महासङ्घ क्षेत्रीय समितिका तर्फबाट संयोजक झलक गैरे र जिल्ला अध्यक्ष रुद्र सुवेदीले प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाका दोषीमाथि कानुनअनुसार कारबाहीको माग गर्नुभएको छ । त्यसैगरी महासङ्घका तर्फबाट घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी पनि दिइएको छ । कोहलपुरमा हाल पाँच दैनिक पत्रिका र दुई एफएम सञ्चालनमा छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने