काठमाडौँ, १६ भदौ । प्रदेश सीमाङ्कनको विषयलाई लिएर आन्दोलित संविधानसभाको पाँचौँ ठूलो दल सङ्घीय समाजवादी फोरम नेपालले यथास्थितिमा सत्ता पक्षसँग वार्ताको कुनै सम्भावना नरहेको बताएको छ ।
सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी सरकारले वार्ताका लागि पत्र पठाएको तर उचित वातावरण नबनाएको भन्दै यथास्थितिमा वार्ताको औचित्य नभएको स्पष्ट पारेको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफू राजधानीमा सरकारसँग वार्ता गर्न नभई पार्टीको कामले आएको जानकारी दिनुभयो । चार प्रमुख दलका तर्फबाट प्रधानमन्त्रीले पटक पटक वार्ताका लागि आह्वान गरे पनि मधेस आन्दोलनमा भएका सम्झौताको पालना नभएको गुनासो गर्दै उहाँले भन्नुभयो, “एकातिर वार्ताका लागि बोलाउने, अर्काेतिर आन्दोलनमा दमन गर्ने, यस्तो अवस्थामा वार्ता हुन सक्दैन ।”
पार्टीले सत्ता पक्षले पहिलो संविधानसभाले गरेका सहमति उल्ट्याउनाका साथै समावेशी लोकतन्त्र, समानुपातिक, समावेशीकरणलगायत युगान्तकारी परिवर्तनका उपलब्धिलाई समाप्त पार्ने काम गरेको आरोप लगाएको छ ।
पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आफूहरु शान्तिपूर्ण रुपमा माग समाधान गर्ने पक्षमा रहेको स्पष्ट पार्दै वार्ताको वातावरण बनाउने काम सत्ता पक्षले गर्नुपर्ने उल्लेख गर्नुभयो ।
फोरमले सत्ता पक्षलाई विगतका आन्दोलनपछि आदिवासी जनजाति, मधेसीलगायतसँग भएका सम्झौता पालना, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा र घाइतेको स्वास्थ्योपचारको व्यवस्था तथा संविधान निर्माणको प्रक्रिया स्थगन गरी वार्ताको वातावरण बनाउन आग्रह गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते