काठमाडौँ, १६ भदौ । सार्वजनिक लेखा समितिले गोली खरिदलगायतका विषयमा उठेका प्रश्नबारे सात दिनभित्र जानकारी उपलब्ध गराउन सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले गोली तथा अन्य सामग्रीका खरिद गर्दा अपनाइएका प्रक्रियाका विषयमा थप जानकारी लिनुपर्ने निष्कर्षसहित सम्बन्धित कागजात माग गर्ने निर्णय गरेको हो ।
समितिका सभापति जनार्दन शर्माले सशस्त्र प्रहरी बलले गोली तथा बख्तरबन्द गाडीको खरिदसँग सम्बन्धित कागजात मगाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
समितिको बैठकले रिचार्जकार्डको खरिदका लागि गरिएको बोलपत्रको विषयमा उठेका प्रश्नको जवाफ दिन दूरसञ्चार कम्पनीका महाप्रबन्धकलाई छलफलका लागि शुक्रबारको बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।
त्यसैगरी समितिले लेखा समितिअन्तर्गतको विद्युत् खरिद सम्झौतासम्बन्धी उपसमितिले तयार गरेको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।
सो बैठकले समितिको चालु आवका कार्ययोजनासमेत आजै पारित गरेको छ । नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता सम्बन्धमा, अख्तियार, महालेखा परीक्षक, राष्ट्रिय सतर्कता केन्द्र तथा भ्रष्टाचार विरोधी निकायसँग अन्तक्र्रिया गर्ने समितिले कार्ययोजना बनाएको छ ।
पुँजीगत खर्च, राष्ट्रिय गौरवका आयोजना र समितिका निर्देशन कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने समितिको कार्य योजनामा छ ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ