काठमाडौँ, १६ भदौ । सार्वजनिक लेखा समितिले गोली खरिदलगायतका विषयमा उठेका प्रश्नबारे सात दिनभित्र जानकारी उपलब्ध गराउन सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले गोली तथा अन्य सामग्रीका खरिद गर्दा अपनाइएका प्रक्रियाका विषयमा थप जानकारी लिनुपर्ने निष्कर्षसहित सम्बन्धित कागजात माग गर्ने निर्णय गरेको हो ।
समितिका सभापति जनार्दन शर्माले सशस्त्र प्रहरी बलले गोली तथा बख्तरबन्द गाडीको खरिदसँग सम्बन्धित कागजात मगाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
समितिको बैठकले रिचार्जकार्डको खरिदका लागि गरिएको बोलपत्रको विषयमा उठेका प्रश्नको जवाफ दिन दूरसञ्चार कम्पनीका महाप्रबन्धकलाई छलफलका लागि शुक्रबारको बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।
त्यसैगरी समितिले लेखा समितिअन्तर्गतको विद्युत् खरिद सम्झौतासम्बन्धी उपसमितिले तयार गरेको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।
सो बैठकले समितिको चालु आवका कार्ययोजनासमेत आजै पारित गरेको छ । नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता सम्बन्धमा, अख्तियार, महालेखा परीक्षक, राष्ट्रिय सतर्कता केन्द्र तथा भ्रष्टाचार विरोधी निकायसँग अन्तक्र्रिया गर्ने समितिले कार्ययोजना बनाएको छ ।
पुँजीगत खर्च, राष्ट्रिय गौरवका आयोजना र समितिका निर्देशन कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने समितिको कार्य योजनामा छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते