
काठमाडौँ, १६ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानको मस्यौदामाथि असन्तुष्टिका नाममा जातीय र क्षेत्रीय भड्काउमा नबग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिनुभएको छ ।
एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित मोर्चा सङ्गठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ससाना क्षेत्रीय र जातीय सङ्कीर्ण स्वार्थ लिएर आफ्नो दुनो सोझ्याउने पक्षका उत्तेजना र भावनामा बगेर संविधान बन्ने वातावरण बिगार्नेसँग सचेत रहन पनि आह्वान गर्नुभयो ।
जातीय र क्षेत्रीयताका आधारमा मुलुकलाई क्षतविक्षत पार्ने खेल र भ्रमतर्फ सजग रहेर शान्ति तथा सद्भाव ¥यालीमा लाग्न आग्रह गर्दै उहाँले भन्नुभयो, “एमालेको सिङ्गो सङ्गठन जनताको बलिदानी सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक नेपालको उपलब्धिलाई संस्थागत गर्न संविधान जारी गराउने वातावरणमा लाग्नुपर्छ, यस मानेमा हामी गर्व गराँै, हामी मानवता, तथ्य र वैज्ञानिकताका साथ आधुनिक चेतनाका पक्षमा छौँ ।”
तराई–पहाडलाई अलग बनाउने सोच एकीकृत मुलुक निर्माणको सोच नभएको भन्दै उहाँले कहिले सङ्घीयताबिनाको संविधान मान्दिन भन्ने, कहिले छ वा सात प्रदेश नमान्ने र अन्त्यमा जे गरे पनि नमान्नेसँग बगेर मुलुक निर्माण नहुने अध्यक्ष ओलीको भनाइ थियो ।
उहाँले प्रश्न गर्नुभयो, “पहिला सात प्रदेशमा जाउँभन्दा मानिएन, अहिले त्यही सात प्रदेशको विरोध भएको छ, यो त बगिरहेको खोलाबाट पानी उबाउँभन्दा नमान्ने अनि पछि मलाई माथिकै पानी चाहिन्छ भने जस्तो भएन र ?”
सङ्घीयता देशदेशबीचको सीमाको जस्तो विषय नभई एउटै मुलुकका जनताको प्रशासनिक अनुकूलताका लागि गरिएको विभाजन हो भन्ने तथ्य बुझ्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा एमालेका नेता माधवकुमार नेपालले संविधान निर्माणको कामलाई चाँडो निष्कर्षमा लैजान पार्टीले भूमिका निर्वाह गरिरहेको र संविधान बन्न नदिने समूहका स्वार्थ पूरा नहुने बताउनुभयो । उहाँले जनताको आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गराई मुलुकको नवनिर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय