सशस्त्र प्रहरी(एपीएफ) थ्रिस्टार क्लबलाई पराजित गर्दै एन्फा कप फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालाम बुधबार भएको खेलमा एपीएफले थ्री स्टारलाई १–०ले पराजित गर्ंयो। खेलका अन्तिम समयमा एएफपीका राजन विष्टले निर्णायक गोल गरेका थिए।
एन्फा कप फुटवल प्रतियोगितामा अप्रत्याशीत नतिजा आउने क्रम जारी छ । मंगलबार उद्घाटन खेलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै झापा एघार सेमीफाइनलमा प्रवेश गरेको थियो । एपीएफ र झापा एघारबीच सेमीफाइनल खेल हुने छ ।
आठ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले १० लाख रुपैया हात पार्ने
छ । उप विजेताले ५ लाख रुपैया र सेमीफाइनलमा प्रत्येक टिमले १–१ लाख रुपैया पाउने छन् । प्रतियोगितामा सहभागी अन्य टोलीमा संकटा क्लब, मोरङ एघार, नेपाली सेना र नेपाल प्रहरीको टिम रहेका छन् ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना