काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन भएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलबार सम्पन्न बैठकले महाधिवेशनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको बैठकपछि पार्टीका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । “संविधानका संशोधन गर्ने विषयलाई चार दलमा छलफल गरी दुई तिहाइ आउने गरेर शीर्ष नेतृत्वले छलफल गर्ने छ”उनले बताए ।
नेता पौडेलका अनुसार पार्टीबाट व्यक्ति व्यक्तिले संविधानको मस्यौदामा संशोधन राख्ने छैनन् । अन्तरिम संविधान संशोधन गर्ने सम्बन्धमा प्रक्रियाका आधारमा गरिने उनले जानकारी गराए । देशभर भएका घटनाप्रति चिन्ता व्यक्त गर्दै बैठकले वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गरेको छ । पार्टीका कार्यकर्तालाई पनि सामाजिक सद्भाव तथा शान्ति कायम गर्न बैठकले आह्वान गरेको पौडेलले बताउनुभयो । रासस
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित