काठमाडौँ १५ भदौ । मलेसियामा जारी १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले आज कुबेतविरुद्धको खेलमा ८३ रनको जित हात पारेको छ ।
मलेसियाको किनरारा आभेल मैदानमा भएको खेलमा नेपालले कुवेतसामु निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा २५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याएको कुवेतले निर्धारित ओभर नै खेल्दै ९ विकेट गुमाएर १६७ रन मात्र जोडेपछि नेपालको जित सुनिश्चित भएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले खराब सुुरुआत गर्दै ओपनरद्वय सुनिल धमला (११) रन र आशिष धामीलाई (४) रनमा गुमायो । नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दीपेन्द्रले ९१ बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गर्दै ८५ रनको योगदान दिए । त्यस्तै सौरभ खनाल (७३), प्रेम तामाङ (२३) र र कप्तान राजु रिजालले (१५) रन जोडे । सौरभले आर्स वर्कत अलीको बलमा आउट हुनुअघि एक सय १५ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।
कुवेतको बलिङतर्फ ६ ओभर बलिङ गरेका मोहम्मद फौजीले ३४ रन खर्चने क्रममा १ मेडन राख्दै सर्वाधिक ३ विकेट लिए । त्यस्तै शाहरुख क्युडिसले २ र अब्दुल तुफिल तथा आर्स वर्कतले समान एक एक विकेट हात पारे ।
ब्याटिङतर्फ कुवेतका मोहम्मद मिजान अलीले अविजित ८५ रनको योगदान दिए । उनले एक सय १२ बल खेल्दै ६ चौका र तीन छक्का प्रहार गरे । अन्यमा मुस्ताक अहमदले २२ तथा एलन थोमस र विलास ताहिरले समान १३–१३ रन जोड्दा नोमन बुदरोले १२ रन जोडे ।
नेपालको बलिङतर्फ सुशील कँडेल र प्रेम तामाङले समान २–२ विकेट लिए । त्यस्तै दीपेन्द्र र आरिफ शेखले एक एक विकेट हात पारे ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता