एक दशक लामो नेपालको सशस्त्र विद्रोह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकका लागि गतिलो खुराक बन्दै आएको छ । माओवादी विद्रोहको कथामा बनेको फिल्म र त्यसले पारेको सामाजिक आर्थिक प्रभावको बारेमा डकुमेन्ट्री विश्वभरका दर्शकका प्रभाव छाड्न सफल भएका छन् ।
पछिल्लो समयमा माओवादी ‘जनयुद्ध’ भिडियो गेमको विषय बनेको छ । एक क्यानेडेली कम्पनीले नोभेम्बरमा बाहिर ल्याउन लागेको भिडियो गेम नेपालको दस वर्ष गृहयुद्धबाट प्रभावित भएको बताएको छ । युविसफ्टका अनुसार फार क्राइ
को चौथो श्रृखलाको कथा काल्पनिक किराँत अधिराज्यको तानाशाही राजा र उनीविरुद्ध भएक विद्रोहको विषय छ । भिडियो गेमको प्रमुख नायक अजय घले रहेका छन। उनी अंग्रेजी बोल्ने रैथाने नेपाली हुन् ।
भिडियो गेमका हिरो घले गाउँ फिर्किदै गर्दै गरेको दृश्यबाट कथा शुरु हुने युविसफ्टले जनाएको छ । आमाको अत्येष्टी गर्न आएका घले गृहयुद्धमा होमिन्छन् । त्यस समयमा ‘पगन मिन’ नामको स्वघोषित तानाशाही राजाविरुद्ध जनता विद्रोह गरेका हु्न्छन् । फार क्राइले भिडियो गेमको श्रृखलामा पहिलो पटक रैथाने व्यक्तिलाई त्यसका प्रमुख रुपमा चित्रण गरेर तयार पारिएको जनाएको छ । नेपाली भनिएपनि गेमका चरित्रहरुले बोल्ने भाषा भने नेपाली नभै हिन्दी छ । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा १७ हजारभन्दा बढी नेपालीको मृत्यु भएको थियो ।
प्ले स्टेशन व्लगमा प्रकाशित अन्तर्वार्तामा भिडियो गेमका निर्देशकहरु मार्क थोमसन र एलेक्स हुट्चिन्सनले गेमको खाका उनीहरुले नेपाल भ्रमण गरेर युद्धमा लडेकहरु र प्रभावितसँग अन्तर्वार्ता गरेपछि तयार पारेकाे बताएका छन् । फार क्राइको चौथो श्रृखला उत्तर अमेरिका र युरोपमा नोभेम्बर १४ र अष्ट्रेलियामा नोभेम्बर २० मा रिलिज गर्ने युविसफ्टले जनाएको छ ।
फार क्राईको टेलर
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’