एक दशक लामो नेपालको सशस्त्र विद्रोह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकका लागि गतिलो खुराक बन्दै आएको छ । माओवादी विद्रोहको कथामा बनेको फिल्म र त्यसले पारेको सामाजिक आर्थिक प्रभावको बारेमा डकुमेन्ट्री विश्वभरका दर्शकका प्रभाव छाड्न सफल भएका छन् ।
पछिल्लो समयमा माओवादी ‘जनयुद्ध’ भिडियो गेमको विषय बनेको छ । एक क्यानेडेली कम्पनीले नोभेम्बरमा बाहिर ल्याउन लागेको भिडियो गेम नेपालको दस वर्ष गृहयुद्धबाट प्रभावित भएको बताएको छ । युविसफ्टका अनुसार फार क्राइ
को चौथो श्रृखलाको कथा काल्पनिक किराँत अधिराज्यको तानाशाही राजा र उनीविरुद्ध भएक विद्रोहको विषय छ । भिडियो गेमको प्रमुख नायक अजय घले रहेका छन। उनी अंग्रेजी बोल्ने रैथाने नेपाली हुन् ।
भिडियो गेमका हिरो घले गाउँ फिर्किदै गर्दै गरेको दृश्यबाट कथा शुरु हुने युविसफ्टले जनाएको छ । आमाको अत्येष्टी गर्न आएका घले गृहयुद्धमा होमिन्छन् । त्यस समयमा ‘पगन मिन’ नामको स्वघोषित तानाशाही राजाविरुद्ध जनता विद्रोह गरेका हु्न्छन् । फार क्राइले भिडियो गेमको श्रृखलामा पहिलो पटक रैथाने व्यक्तिलाई त्यसका प्रमुख रुपमा चित्रण गरेर तयार पारिएको जनाएको छ । नेपाली भनिएपनि गेमका चरित्रहरुले बोल्ने भाषा भने नेपाली नभै हिन्दी छ । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा १७ हजारभन्दा बढी नेपालीको मृत्यु भएको थियो ।
प्ले स्टेशन व्लगमा प्रकाशित अन्तर्वार्तामा भिडियो गेमका निर्देशकहरु मार्क थोमसन र एलेक्स हुट्चिन्सनले गेमको खाका उनीहरुले नेपाल भ्रमण गरेर युद्धमा लडेकहरु र प्रभावितसँग अन्तर्वार्ता गरेपछि तयार पारेकाे बताएका छन् । फार क्राइको चौथो श्रृखला उत्तर अमेरिका र युरोपमा नोभेम्बर १४ र अष्ट्रेलियामा नोभेम्बर २० मा रिलिज गर्ने युविसफ्टले जनाएको छ ।
फार क्राईको टेलर
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा