
लन्डन । सिएनएन हिरोसंग साक्षात्कार गर्ने चाहना छ ? उसो भए त्यो अवसर जुरेको छ यो साता । एभरेष्ट इन रेष्टुरेन्टले यही सेप्टेम्बर ८, २०१५ सांझ माइती नेपालको सहयोगार्थ डिनर रिसेप्सन गर्ने भएको छ ।
सिएनएन हिरो तथा माइती नेपालकी संस्थापक अनुराधा कोइराला युरोप भ्रमणमा रहेका बेला उक्त रिसेप्सन कार्यक्रम गर्न लागिएको हो । टिकट शुल्क ४० पाउण्ड तोकिएको उक्त रिसेप्सनमा समुदायका स्थापित व्यक्तिहरुको उपस्थिति रहने अपेक्षा छ । सिमित सिट क्षमताका कारण अग्रिम बुकिंगलाई प्राथमिकता दिइने र यो शुक्रबारसम्ममात्र बकिंग खुल्ला रहेको एभरेष्ट इनले जनाएको छ ।
कार्यक्रममा कोइरालासँग अन्तरक्रिया, डिनर लगायत माइती नेपालबारे भिडियो प्रेजेन्टेशन गरिनुका साथै कार्यक्रमबाट उठेको ५० प्रतिशत रकम सोही दिन कोइरालालाई हस्तान्तरण गरिने एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले बताए । विगत केही वर्षदेखि एभरेष्ट इनले सो संस्थासँग मिलेर काम गर्न पाउँदा निकै गर्व महसुस भएको र आगामी दिनमा पनि सहयोग गर्ने निर्देशक भण्डारीले प्रतिवद्धता जाहेर गरेका छन् ।
नेपाली समुदायमा मात्र नभई बेलायतकै उत्कृष्ट ५० आंै स्थानमा पर्ने बेलायतमा स्थापित नेपाली रेष्टुरेण्ट एभरेष्ट इन ग्रुपको सामाजिक संलग्नता उत्तिकै अगाडि छ ।
नाफा रहित सामाजिक संस्था माइती नेपाल मानव बेचबिखन तथा शोषणमा परेका पीडित बालबालिकाहरुलाई सहयोग तथा उद्धार गर्ने कार्यमा कटिवद्ध छ । अहिलेसम्म हजारौं पीडितको उद्दार गर्नुका साथै यस संस्थाले सिपमुलक तालिम र आश्रय दिँदै आएको छ । संस्थाले हालै नेपालमा गएको भूकम्पका पीडितहरुलाई पनि सहयोग गरिरहेको छ ।
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ