
लन्डन । सिएनएन हिरोसंग साक्षात्कार गर्ने चाहना छ ? उसो भए त्यो अवसर जुरेको छ यो साता । एभरेष्ट इन रेष्टुरेन्टले यही सेप्टेम्बर ८, २०१५ सांझ माइती नेपालको सहयोगार्थ डिनर रिसेप्सन गर्ने भएको छ ।
सिएनएन हिरो तथा माइती नेपालकी संस्थापक अनुराधा कोइराला युरोप भ्रमणमा रहेका बेला उक्त रिसेप्सन कार्यक्रम गर्न लागिएको हो । टिकट शुल्क ४० पाउण्ड तोकिएको उक्त रिसेप्सनमा समुदायका स्थापित व्यक्तिहरुको उपस्थिति रहने अपेक्षा छ । सिमित सिट क्षमताका कारण अग्रिम बुकिंगलाई प्राथमिकता दिइने र यो शुक्रबारसम्ममात्र बकिंग खुल्ला रहेको एभरेष्ट इनले जनाएको छ ।
कार्यक्रममा कोइरालासँग अन्तरक्रिया, डिनर लगायत माइती नेपालबारे भिडियो प्रेजेन्टेशन गरिनुका साथै कार्यक्रमबाट उठेको ५० प्रतिशत रकम सोही दिन कोइरालालाई हस्तान्तरण गरिने एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीले बताए । विगत केही वर्षदेखि एभरेष्ट इनले सो संस्थासँग मिलेर काम गर्न पाउँदा निकै गर्व महसुस भएको र आगामी दिनमा पनि सहयोग गर्ने निर्देशक भण्डारीले प्रतिवद्धता जाहेर गरेका छन् ।
नेपाली समुदायमा मात्र नभई बेलायतकै उत्कृष्ट ५० आंै स्थानमा पर्ने बेलायतमा स्थापित नेपाली रेष्टुरेण्ट एभरेष्ट इन ग्रुपको सामाजिक संलग्नता उत्तिकै अगाडि छ ।
नाफा रहित सामाजिक संस्था माइती नेपाल मानव बेचबिखन तथा शोषणमा परेका पीडित बालबालिकाहरुलाई सहयोग तथा उद्धार गर्ने कार्यमा कटिवद्ध छ । अहिलेसम्म हजारौं पीडितको उद्दार गर्नुका साथै यस संस्थाले सिपमुलक तालिम र आश्रय दिँदै आएको छ । संस्थाले हालै नेपालमा गएको भूकम्पका पीडितहरुलाई पनि सहयोग गरिरहेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते