गोरखाबजार १४ भदौ । गोरखाको एघारकिलोका गाउँलेले प्रहरी चौकी भवन निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।
रु दुई लाख लगानी गरेर गाउँलेले बनाएको तीनकोठे भवन जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त रजौरेलाई आज हस्तान्तरण गरिएको हो ।
उक्त भवनमा एघारकिलो प्रहरी चौकीको महिला पुरुष थुनुवा कक्ष र आवास गृह बनाइएको छ । प्रहरीले गोरखा नगरपालिकाको ९, १० र ११ वडालाई शान्ति सुरक्षा दिन भौतिक संरचनाको अभाव झेल्दै आएको थियो ।
“स्थानीयसँग चन्दा उठाएर प्रहरी चौकी भवन बनाएका हौँ” भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले भन्नुभयो – “थप भौतिक संरचना निर्माणमा पनि गाउँलेको सहयोग रहन्छ ।”
भवन निर्माण गरी सहयोग गरेकामा प्रहरीले गाउँलेलाई धन्यवाद दिएका छन् । तनहुँको आँबुखैरेनीदेखि गोरखाबजार आउने मुख्य राजमार्गको छेउमा एघारकिलोबजार पर्छ ।
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका