गोरखाबजार १४ भदौ । गोरखाको एघारकिलोका गाउँलेले प्रहरी चौकी भवन निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।
रु दुई लाख लगानी गरेर गाउँलेले बनाएको तीनकोठे भवन जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वसन्त रजौरेलाई आज हस्तान्तरण गरिएको हो ।
उक्त भवनमा एघारकिलो प्रहरी चौकीको महिला पुरुष थुनुवा कक्ष र आवास गृह बनाइएको छ । प्रहरीले गोरखा नगरपालिकाको ९, १० र ११ वडालाई शान्ति सुरक्षा दिन भौतिक संरचनाको अभाव झेल्दै आएको थियो ।
“स्थानीयसँग चन्दा उठाएर प्रहरी चौकी भवन बनाएका हौँ” भवन निर्माण समितिका अध्यक्ष रामबहादुर खड्काले भन्नुभयो – “थप भौतिक संरचना निर्माणमा पनि गाउँलेको सहयोग रहन्छ ।”
भवन निर्माण गरी सहयोग गरेकामा प्रहरीले गाउँलेलाई धन्यवाद दिएका छन् । तनहुँको आँबुखैरेनीदेखि गोरखाबजार आउने मुख्य राजमार्गको छेउमा एघारकिलोबजार पर्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा