काठमाडौँ, १४ भदौ । मलेसियाको वायुमास क्रिकेट ग्राउन्डमा भएको १९ वर्षमुनिको एसिसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध ८ विकेटको जित हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३८ ओभरमा अलआउट हुँदै सामान्य ७५ रनको योगफल तयार पारयो । मलेसियाले दिएको सामान्य लक्ष्य नेपालले १४.४ ओभरमा विकेट गुमाउँदै भेटाएको थियो ।
उसका लागि पवन्दीप सिंहले ७२ बलको सामाना गर्दै सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै मलेसियाका लागि शङ्कर सतिस १३ र विमलान पालानिन्दी १२ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क रन जोड्न सकेनन् । यसका ८ ब्याट्सम्यान १० भन्दा कम रनमा आउट गर्ने क्रममा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । मलेसियाले तयार पारेको लक्ष्यमा १३ अतिरिक्त रन समावेश थियो ।
नेपालको बलिङतर्फ आरिफ शेखले १० ओभरमा ३ मिडेन राख्दै १८ रन खचेर सर्वाधिक ४ विकेट लिए । अन्त्यमा दीपेश श्रेष्ठ र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट तथा सुशील कँडेलले एक विकेट हात पारे ।
नेपालको ब्याटिङतर्फ ४० बलको सामना गरेका आशिष धामीले ६ चौका प्रहार गर्दै सर्वाधिक ३८ रन जोडे । त्यस्तै ३३ रन जोडेका राजवीर शिंह भने पवन्दीप सिंहको बलमा क्याचआउट भए । नेपालका सुनिल धमला सहिद अजिजको बलमा एलबिडब्लु धरापमा परे ।
आजको खेलमा मलेसियासँगको जितसँगै नेपालले उपाधिमा आफ्नो उपस्थिति बलियो हुनेसमेत सावित गरयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते