काठमाडौँ, १४ भदौ । मलेसियाको वायुमास क्रिकेट ग्राउन्डमा भएको १९ वर्षमुनिको एसिसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध ८ विकेटको जित हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३८ ओभरमा अलआउट हुँदै सामान्य ७५ रनको योगफल तयार पारयो । मलेसियाले दिएको सामान्य लक्ष्य नेपालले १४.४ ओभरमा विकेट गुमाउँदै भेटाएको थियो ।
उसका लागि पवन्दीप सिंहले ७२ बलको सामाना गर्दै सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै मलेसियाका लागि शङ्कर सतिस १३ र विमलान पालानिन्दी १२ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क रन जोड्न सकेनन् । यसका ८ ब्याट्सम्यान १० भन्दा कम रनमा आउट गर्ने क्रममा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । मलेसियाले तयार पारेको लक्ष्यमा १३ अतिरिक्त रन समावेश थियो ।
नेपालको बलिङतर्फ आरिफ शेखले १० ओभरमा ३ मिडेन राख्दै १८ रन खचेर सर्वाधिक ४ विकेट लिए । अन्त्यमा दीपेश श्रेष्ठ र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट तथा सुशील कँडेलले एक विकेट हात पारे ।
नेपालको ब्याटिङतर्फ ४० बलको सामना गरेका आशिष धामीले ६ चौका प्रहार गर्दै सर्वाधिक ३८ रन जोडे । त्यस्तै ३३ रन जोडेका राजवीर शिंह भने पवन्दीप सिंहको बलमा क्याचआउट भए । नेपालका सुनिल धमला सहिद अजिजको बलमा एलबिडब्लु धरापमा परे ।
आजको खेलमा मलेसियासँगको जितसँगै नेपालले उपाधिमा आफ्नो उपस्थिति बलियो हुनेसमेत सावित गरयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?