काठमाडौँ, १३ भदौ । एसियाली क्रिकेट परिषद् १९ वर्षमुनि (एसिसी यु–१९) उमेर समूहको प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा नेपालले भोलि आयोजक मलेसियाको सामना गर्नेछ । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।
नेपालले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स (युएई) लाई १४९ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेल चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल दुई अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने मलेसिया चार अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । विभिन्न छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा समान ४ अङ्क नै रहेको अफगानिस्तान भने रनरेटको आधारमा पहिलो स्थानमा छ ।
त्यसैगरी दुई अङ्क जोडेको युएई भने रनरेटका आधारमा चौथो स्थानमा छ भने कुबेत र साउदी अरब भने प्रतियोगितामा अङ्कविहीन छन् । प्रतियोगितामा शीर्ष तीनभित्र पर्ने टोली यु–१९ एसिया कप प्रतियोगिताको लागि छनोट हुनेछन् ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने