वीरगञ्ग भन्सार कार्यालयको परिसरमा रहेको गोदामका भएको आगलागीमा करोडौ मुल्यको सामान जलेको छ । आगलागी भएको गोेदाम सरकारी स्वामित्वको नेशनल ट्रेडिङ लिमिटेडले सामान राख्ने प्रयोग गर्ने गरेको थियो । 
जिल्लाका एसपी दिनेश लोहनीले राति २ बजे गोदामका आगो देखिएको जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीलाई आगो नियन्त्रणमा लिन ८ घण्टाभन्दा बढी समय लागेको थियो । आगो नियन्त्रण गर्न ६ वटा दमकलको प्रयोग गरिएको थियो ।
वीरगञ्जस्थित कम्पनीको शाखाले आगालागीबाट कति क्षति भयो भनेर मूल्यांकन गर्न केही समय लाग्ने बताए ।
कार्यालयले गोदाममा कम्प्युटर, म्युजिक सिस्टम, तयारी पोशाक, फिर्निचर, खाने तेल, टेलिकम्युनिकेशनका उपकरणहरु रहेको जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुसँग कुरा गर्दै गोेदामका पाले गामबहादुर परियारले बिहान करिब २ बजे विजुलीको तार जलेको गन्ध आएपछि मेन स्वीच बन्द गरेको बताएका छन् । ‘आगोको मुस्लो देखेपछि मैले प्रहरीलाई खबर गरे,’ परियारले भने ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित