
भारतलाई ट्राइबेकरमा पराजित गर्दै नेपाल यु–१९ च्याम्पियन ः नेपालले पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उपाधि नेपालले जिते पछि विजयको खुसीसंगै सामुहीक तस्बिर खिचाउदै नेपाली फुटवल टिमका खेलाडीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ । नेपालले पहिलोपटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गतको उपाधि जितेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्स्को मैदानमा आज भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको हो ।
नेपालका अनन्त तामाङ निर्णायक प्यानल्टी गोलमा परिणत गरेका थिए भने नेपाली गोलरक्षक सोजित गुरुङले भारतका तर्फबाट मोहमुद्धिनले गरेको पहिलो प्रहार रोकेका थिए ।
त्यस्तै, नेपालका तर्फबाट सबै खेलाडीले गोल गर्ने क्रममा हेमन्त थापा मगर, सुनील बल, विश्वास श्रेष्ठ र डोना थापाले प्रहार चुकाएनन् ।
यसअघि आक्रामक खेल खेलेको नेपालका लागि तेज तामाङले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जन विष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।
खेल सकिन करिब ७ मिनेट बाँकी रहँदा नेपालमा रक्षकको गल्तीको फाइदा उठाउँदै भारतले प्यानन्टी पायो । त्यसलाई सहवाजले गोल गर्दै भारतलाई खेलमा फर्काए ।
चिरपरिचित प्रतिद्वन्द्वी भारतको आजको प्रतिस्पर्धा हेर्न एमालेका अध्यक्ष केपी ओली, युवा तथा खेलकुद मन्त्री पुरुषेत्तम पौडेल, एन्फाका अध्यक्ष गणेश थापालगायतको उपस्थिति थियो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने