
बिहीबार भएको नेपाल र अफगानिस्तानबिचको सेमी फाइनल साफ १९ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिप खेल । तस्बिरः प्रदीपराज वन्त,रासस
काठमाडौँ, १० भदौ । उन्नाइस वर्षमुनिको पहिलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको भेट पक्का गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ(एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गरेपछि नेपालले भारतसँँगको भेट पक्का गरेको हो ।
आजै भएको पहिलो सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । समूह ए को विजेता नेपालले समूह बी को विजेता भारतसँग शनिबार फाइनल खेल्नेछ ।
नेपालले समूह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने भारतले अफगानिस्तान र माल्दिभ्सलाई पाखा लगाउर्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो ।
सार्कका छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा भुटान, माल्दिभ्स, बङ्गलादेश र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते