काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री सुशील कोइराला समक्ष नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिक सभाबाट नयाँ संविधान निर्माण गर्न आग्रह गरेको छ ।
माओवादी अध्यक्ष मोहन वैद्यको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको पार्टी प्रतिनिधिमण्डलले ठूला राजनीतिक दलको सहमतिबाट मात्र संविधान जारी हुन नसक्ने भन्दै ज्ञापन पत्र बुझाएको थियो ।
प्रधानमन्त्री कोइरालाले माओवादीको ज्ञापनपत्र बुझ्दै संविधानसभाबाट संविधान जारी नगरे ऐतिहासिक अवसर गुम्ने उल्लेख गर्दै संविधान लेखनको अवसरबाट बञ्चित नहुन आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले राससलाई जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरागर्दै माओवादी उपाध्यक्ष सिपी गजुरेलले पछिल्लो समयमा देखिएको समस्या १६ बुँदे सहमतिले ल्याएकाले सर्वपक्षीय सम्मेलनबाट संविधान बनाउन आफूहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए ।
पछिल्लो समयमा विभिन्न क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी संविधान लेखन कार्यलाई अगाडि बढाइएकोमा आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको उनले उल्लेख गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते