काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री सुशील कोइराला समक्ष नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिक सभाबाट नयाँ संविधान निर्माण गर्न आग्रह गरेको छ ।
माओवादी अध्यक्ष मोहन वैद्यको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको पार्टी प्रतिनिधिमण्डलले ठूला राजनीतिक दलको सहमतिबाट मात्र संविधान जारी हुन नसक्ने भन्दै ज्ञापन पत्र बुझाएको थियो ।
प्रधानमन्त्री कोइरालाले माओवादीको ज्ञापनपत्र बुझ्दै संविधानसभाबाट संविधान जारी नगरे ऐतिहासिक अवसर गुम्ने उल्लेख गर्दै संविधान लेखनको अवसरबाट बञ्चित नहुन आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले राससलाई जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरागर्दै माओवादी उपाध्यक्ष सिपी गजुरेलले पछिल्लो समयमा देखिएको समस्या १६ बुँदे सहमतिले ल्याएकाले सर्वपक्षीय सम्मेलनबाट संविधान बनाउन आफूहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए ।
पछिल्लो समयमा विभिन्न क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी संविधान लेखन कार्यलाई अगाडि बढाइएकोमा आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको उनले उल्लेख गरे ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया