लन्डन । गैर आवासीय नेपाली संघ बेलायतभित्र चक्रीय प्रणालीमा कार्यकारी अधिकार बांड्ने सहमति कार्यान्वयन गर्न संरक्षक प्रा.डा. सूर्य सुवेदीको अध्यक्षतामा बसेको वैठक बिषय प्रवेश नै नगरी टुङ्गिएको छ ।
संघका अध्यक्ष योगेन क्षेत्री र सहअध्यक्ष महेन्द्र कंडेलवीच सहमति कार्यान्वयनका बिषयमा तीव्र विवादपछि एनआरएनए यूके संरक्षक प्रा. डा. सुवेदीले डाकेको वैठक बिना निष्कर्ष टुङ्गिएको हो । गत २९ सेप्टेवर २०१३ मा दुई चिरा हुन लागेको एनआरएनए यूकेलाई प्रा. डा सुवेदीले लन्डनस्थित नेपाली दूतावासमा असाधरण एकता सम्मेलन मार्फत बचाएका थिए ।
फार्नवरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा सोमबार साँझ आकस्मिक बसेको बैठकमा सुवेदीले चक्रीय प्रणाली अन्तर्गत नेतृत्व हस्तान्तरण गर्न गत २९ सेप्टेवर २०१३ को असाधारण एकता सम्मेलनको सहमति कार्यान्वयनको प्रयास गरेका थिए । तर, नेतृत्व हस्तान्तरण गर्न सहमति जनाउनुको सट्टा अध्यक्ष क्षेत्रीले एनआरएनए यूकेलाई प्रा डा. सुवेदीले काउन्सिल बैठकमा गैरकानुनी संस्था भनेको र तत्कालिन अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष उपेन्द्र महतोको समर्थनमा यूकेको विवाद मिलाएको भन्ने अभिव्यक्तिमा सत्यता नभएको दावी गर्दै पद नछोड्ने जिकिर गरे ।
‘प्रा. सुवेदी कानुनवीद हुन्, उनले के आधारमा एनआरएनए यूके विवाद मिलाए त्यो पुष्टी गर्न एनआरएनए आइसीसीबाट प्रमाणित गराउनु पर्छ’, क्षेत्रीले वीनेपालीसँग भने, ‘यूकेको विवाद मिलाउने हो भने तत्कालिन अध्यक्ष लामिछाने र संस्थापक अध्यक्ष महतोको लिखित पत्र अव कार्यसमितिलाई हस्तान्तरण गर्नु पर्छ । अनि सहमति पूर्ण रुपमा कार्यान्वयन हुन्छ ।’
वैठकमा क्षेत्रीले सुवेदीले एनआरएनए यूकेलाई सार्वजनिक रुपमा गैरकानुनी भनेकोमा जवाफ माग गरेका थिए । उनले औपचारिक धारणासहितको पत्रसमेत सुवेदीलाई बुझाएको स्रोतले बतायो । ‘सहमतिलाई आइसीसीले स्वीकार नगरी विकल्प केही आउन सक्दैन’, क्षेत्रीले भने । स्रोतका अनुसार केन्द्रले मान्यता नदिंदासम्म पद नत्याग्ने अडानमा क्षेत्री छन् । यद्यपि गत बर्ष भएको चक्रिय प्रणालीमा नेतृत्व लिने सहमतिमा क्षेत्रीले हस्ताक्षर भने गरेका थिए ।
यता, सहअध्यक्ष कंडेलले प्रा. डा. सुवेदीले गत बर्षको नेतृत्व हस्तान्तरणको सहमति कार्यान्वयन गर्न वोलाएको बैठकलाई क्षेत्रीले बिषयान्तर गरेको दावी गरे । क्षेत्रीका आसेपासेले वैठक संचालनमा अवरोध गरेका कारण बैठक विना निष्कर्ष टुङ्गिएको दावी कंडेलको छ । ‘संरक्षक सुवेदीलाई बोल्न दिनुको सट्टा अवरोध गरि बिषयान्तर गर्ने काम क्षेत्रीबाट भयो’, कंडेलले वीनेपालीसँग भने ।
स्रोतका अनुसार गत बर्ष दूतावासमा भएको सहमति कार्यान्वयन नभए कंडेल सो सहमतिको आधारमा आफूलाई अध्यक्ष घोषणा गरी अघि बढने तयारीमा जुटेका छन् । सो बैठकमा एनआरएनए यूके पदाधिकारीलाई बोल्न अनुमति थियो । तर विवाद लम्बिदै जांदा दुई घण्टा भन्दा बढी समयसम्म चलेको बैठक विना उपलव्धी टुङ्गिएको छ । बैठकमा क्षेत्री र कंडेलले पाँच/पाँच मिनेट आ आफ्ना कुरा राख्दै नेतृत्व दावी नछाड्ने अडान लिएका थिए ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ