काठमाडौं । साँगीतिक समूह नेपथ्य पहिलोपटक न्यूयोर्कमा प्रस्तुतीका निम्ति अमेरिका प्रस्थान गर्दैछ । म्यानहटनस्थिन ह्यामस्र्टेन बलरुममा नेपथ्य प्रस्तुत हुँदैछ । यसअघि ११ वर्ष पहिले एरिजोनाको फिनिक्समा आयोजित एएनए अधिवेसनमा नेपथ्य टोलीले आफूलाई अमेरिकामा पहिलोपटक प्रस्तुत गरेको थियो ।
‘यसपटक नेपथ्य न्यूयोर्कको म्यानहटन सेन्टरस्थित ह्यामस्र्टेन बलरुममा प्रस्तुत हुँदैछ,’ नेपथ्यको प्रवद्र्धन एवं व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘अगस्तको २९ तारिख म्यानहटन ३४औं स्ट्रीटमा नेपथ्य भाका गुञ्जनेछन् ।’
३५ सय दर्शक क्षमताको न्यूयोर्ककै पुरानो प्रतिष्ठा आर्जित हलमा कन्सर्टका निम्ति म्यानहटन सेन्टर बक्सअफिसको काउन्टरमा नेपथ्यको टिकट विक्री सुरुभइसकेको छ ।
‘जुन हलमा कुनै समय विश्वसंगीतकै प्रतिकपुरुष बब मार्ली र डेभिड बवी उभिएर गाइसकेका छन्, त्यसै स्थानमा आफूलाई प्रस्तुत गर्ने तयारीले मलाई उत्साहित बनाएको छ,’ टोलीका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘समयले साथ दिएको भए त्यही हलमा लगत्तै सेप्टेम्बरमा आयोजना हुने अर्का हस्ती रोबर्ट प्लान्टको कन्सर्ट म छुटाउँदिन थिएँ ।’
ब्याण्डले यस वर्ष स्वदेश र विदेशमा लगातार प्रदर्शन गर्दैआएको छ । यसअगावै टोलीले साँगीतिक प्रस्तुतीका निम्ति अष्ट्रेलिया, टोकियो, दुबई र बेलायतको भ्रमण गरिसकेको छ ।
‘अमेरिकामा नेपथ्यलाई निम्त्याउन निकै चाहनाहरु प्रकट भएका थिए, यसपटक त्यो पुरा हुनलागेकोमा हामी उत्साहित छौं,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘दर्शकहरुलाई नेपथ्यसँगको अविष्मरणीय साँझ दिलाउनेछौं ।’ श्रेष्ठका अनुसार अरु ब्यस्तताहरुका कारण यसपालाको अमेरिका भ्रमणमा नेपथ्य न्यूयोर्कमा मात्र प्रस्तुत हुँदैछ ।
बितेको २३ वर्षदेखि हरेक नेपाली पुस्ताका ढुकढुकीको आवाज बन्दै आएको नेपथ्यलाई सुन्न ठूलो संख्यामा नेपाली बसोबास रहेको अमेरिकामा पटकपटक अनुरोधहरु आएका थिए ।
‘मलाई सामाजिक सञ्जालहरुमा अमेरिकावासी मेरा धेरै श्रोताहरुले जिज्ञासा राख्दै आएका थिए,’ गायक गुरुङ भन्छन्, ‘बल्ल भेटघाटको जोग जुरेको बेला ति तमाम साथीहरुसँग अविष्मरणीय साँझ बिताउन म आतुर छु ।’
अमेरिकाको साँगीतिक यात्रालाई नेपथ्यले ‘म्यूजिक फर युनिटी’ (एकताको निम्ति संगीत) नाम दिएको छ ।
‘देशभित्र होस् वा परदेशमा जता पनि नेपाली समाज असाध्यै विभाजन हुँदैगएको मैले पाइरहेको छु,’ गुरुङ थप्छन्, ‘हामी एक भएमा मात्रै बलियो बन्न सक्छौं भन्ने सन्देश बोकेर म त्यता जानेछु ।’
अमेरिका भ्रमणका निम्ति दस सदस्यीय टोली त्यसतर्फ जानेभएको छ ।
अमृतलाई सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन