लन्डन । मिस यूके नेपाल २०१४ का सुन्दरीहरुले शुक्रबार भूकम्पबाट पीडित नेपाली वालवालिकाको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरेका छन् ।
२१ अगष्ट निरमाया रोधीघर अल्डरसटमा आयोजित उक्त कार्यक्रम मिस यूके नेपाल २०१४ निया देवान, सुस्मिता थापा र मिस यूके नेपाल आयोजक संस्था इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङको पहलमा भएको हो ।
कार्यक्रमबाट करिब ७ सय पाउण्ड संकलन भएको मिस यूके नेपाल २०१४ निया देवानले जनाइन् ।
‘हामीले सोचेभन्दा सफल भयो कार्यक्रम’, नियाले खुशी हुंदै भनिन्, ‘अब छिट्टै म आफैं नेपाल गएर पीडितलाई रकम हस्तान्तरण र स्वयंसेवा पनि गर्ने योजना छ ।’
‘होप फर नेपाल’ नामको उक्त च्यारिटी कार्यक्रममा हाल बेलायत रहेकी चर्चित लोकदोहोरी गायिका मन्जु पौडेल र विजय अनि प्रितीको जोडीले गीत सुनाएर भरपुर मनोरन्जन दिएका थिए ।
कार्यक्रममा टिकेट बिक्री र श्रीयाज् फेसनले प्रायोजन गरेको ज्वेलरी बक्स् अक्सनमा राखेर रकम उठाइएको थियो ।
कार्यक्रममा समाजसेवी नेपालीको उत्साहजनक सहभागिता थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित