नेपाली दिदीबहिनीहरुले महिनौंदेखि प्रतीक्षा गर्ने लोकप्रिय चाड तीज अघि रेडिङमा नयाँ गहना पसल कोहिनुर ज्वेलर्स खुलेको छ।
युवा व्यवसायी सुजीत श्रेष्ठ र रमेश विश्वकर्माद्वारा ३०२ अक्सफोर्ड रोड RG30 1AD रेडिङमा खोलिएको नयाँ पसल कोहिनुर ज्वेलर्सको यसै महिनाको शुरुमा काउन्सिलर विष्णु गुरुङ तथा रेडिङ नेपाली समाजका अध्यक्ष मानबहादुर गुरुङद्वारा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो। उहाँहरुले बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न व्यवसायमा हात हालिरहेकोमा खुसी व्यक्त गर्दै युवा व्यवसायीद्वयले शुरु गरेको पसलको सफलताको कामना पनि गर्नुभयो।
सो अवसरमा बोल्दै व्यवसायीद्वय सुजीत श्रेष्ठ र रमेश विश्वकर्माले आफुहरु व्यवसायीमात्र नभएर गत १५ वर्ष देखिको अनुभवको आधारमा ग्राहकहरुको चाहना अनुसारको गहना डिजाइन गर्न, छिटो छरितो तयार गर्न र स्तरीय सेवा दिन अन्य व्यवसायी भन्दा धेरै सक्षम रहेको बताए । उनीहरुले आफ्नो पसलमा ग्राहकहरुले सस्तो, भरपर्दो, छिटो र गुणस्तरीय सेवा पाउने बताए ।
उनीहरुले ग्राहकहरुलाई आवश्यक पर्ने सम्पूर्ण गरगहना एकै स्थानबाट प्राप्त हुनेगरी सुविधा दिन आफुहरु प्रयत्नशील रहने र समय समयमा ग्राहकहरुको मागलाई केन्द्रमा राखेर अरु प्रतिस्पर्द्धी सेवा दिने पनि बताए ।
कोहिनुर ज्वेलर्सको फेसबुक पेज www.facebook.com/pages/kohinoor-jewellers तथा फोन नं 01189502286 र www.kohinoorjewellers.co.uk मार्फत यसका डिजाइनका गहनाहरु हेरेर आफ्नो चाहना अनुसार कस्टमाइज गरे अर्डर गर्न सकिने पनि सन्चालकहरुले बताएका छन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार