लण्डन । यही सेप्टेम्बर १३ तारिखमा हुन गइरहेका एनआरएन युकेकाे निर्वाचनमा महासचिवका दाबेदार विजयविक्रम लिङदेनले अाफ्नाे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
विहीबार सार्वजनिक गरेकाे साे पत्रमा उनले अाफू महासचिव पदमा निर्वाचित भएमा एनअारएन युकेलाइ भरासिलाे, विश्वासिलाे र जाँगरिलाे संस्था बनाउने अठाेट व्यक्त गरेका छन् । अहिले गतिहीनतामा अलमलिरहेको एनअारएनलाइ सदस्यहरुको अपार माया र विश्वास बटुल्दै, बेथितिहरुलाई पन्छाउदै, उचित व्यवस्थापन गरी चलायमान तुल्याउने, नियम विनियम निर्माण गरी पारदर्शी तवरले सञ्चलान गर्ने उनले वाचा गरेका छन् ।
नेपाली नागरिकताकाे निरन्तरताका लागि नेपाल सरकारसँग जोडदार र दवाबमूलक अावाज उठाउने, युकेका नेपाली लगानीकर्ताहरुको नेपालमा लगानीलाई सुरक्षित तुल्याउन नेपाल सरकारसित छलफल गरी ऐन नियम विनियम बनाउने र नेपाल-बेलायतबीच सीधा हवाइ उडान नभएकाले सीधा विमान सेवा संचालन गर्न लगानीकर्ता र सराेकारवालाबीच पहल गर्ने उनकाे प्रतिवद्धता पत्रमा उल्लेख छ ।
विश्वभरका एनअारएन समितिहरूसित सहकार्य गर्ने, संयुक्त लगानीका बारेमा छलफल गर्ने र लगानीमैत्री वातावरण बनाउनका लागि नेपाल सरकारले गर्नुपर्ने व्यवस्थाका बारेमा अन्तरक्रिया गर्ने उनकाे याेजना छ ।
बेलायत सरकारबाट नेपालीहरूलाइ प्राप्त हुनसक्ने सुविधाका बारेमा नेपालीहरूकाे साझा धारणा बनाइ बेलायत सरकारसँग पेश गर्ने, नेपाली भाषा संस्कृतिका बारेमा विभिन्न परियाेजना बनाइ बेलायत सरकारलाइ प्रस्तुत गर्ने उनकाे प्रतिवद्धता पत्रमा उल्लेख छ ।
एनअारएन युकेमा स्थापना कालको शाखलाई पुनर्स्थापना गर्न दिलोज्यान दिएर लागि पर्ने, सदस्यहरूबीच अपनत्वको विकास गर्दै संस्थालाई साझा संस्थाको रुपमा अगाडि बढाउने, बेलायतमा नेपाली मौलिकताले भरिपूर्ण भवन निर्माणका लागि अध्ययन गर्ने, संस्थाकाे आन्तरिक व्यबस्थापन चुस्तदुरुस्त राख्ने, सदस्यता जुनसुकै बेला लिनसक्ने व्यवस्था गर्ने उनकाे याेजना छ ।
यस्तै संस्थाको कोषलाई पारदर्शी बनाउन नियम विनियम बनाइने, एनआरएनमा विद्यार्थीकाे सहभागिताका लागि छलफल गरी निकास दिने र बेलायतमा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरुसँग सुमधुर सम्बन्ध कायम गरी एक आपसमा हातेमालो गर्दै एनअारएनलाइ अगाडि बढाउने उनले जाेड दिएका छन् ।
पूर्व गोर्खाका छाेरा विजय नेपालमा स्नातकसम्मकाे अध्ययन पूरा गरी हङकङमा बसाेबास गरे । सन् २००६ मा युके छिरेका उनले ताप्लेजुङ समाज युकेको संस्थापक सदस्य र लिम्वूवान नागरिक समाजको महासचिव हुँदै किरात याक्थूङ चुम्लुङ युकेको दुइ कार्यकाल महासचिव चलाइसकेका छन् ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते