लन्डन । प्रजातन्त्रमा प्रत्येकको आवाज र विचारलाई सम्मान गरिन्छ, हरेक व्यक्तिको महत्व हुन्छ भन्ने सन्देश दिएका छन् पूर्वी लन्डनस्थित रम्फोर्डका सांसद आन्ड्रिउ रोजेन्डेलले ।
बेलायत सरकारबाट नेपालका महाभूकम्प पीडितलाई थप सहयोग गर्न रम्फोर्ड निवासी विकलचन्द्र आचार्यले विशेष अनुरोध गरेका थिए । आचार्यले भूकम्पको केन्द्रविन्दु रहेको आफ्नो गृह जिल्ला गोरखा लगायत नेपालमा अकल्पनीय क्षति भएको र त्यहांका जनता अझै कठोर समस्यासंग जुधिरहेका बताउंदै आफ्नो क्षेत्रका सांसद रोजेन्डेललाई बेलायती राहत र दीर्घकालीन कार्यक्रम अझ प्रभावकारी बनाउन आग्रह गरेका थिए । आचार्यले उक्त आग्रहलाई बेलायतको अन्तर्राष्ट्रिय विकासमन्त्री जस्टिन ग्रीन समक्ष राखिदिन सांसद रोजेन्डेल समक्ष अनुरोध गरेका थिए ।
सांसद रोजेन्डेलले अन्तर्राष्ट्रिय विकास मन्त्रीलाई चिठी लेखी बेलायत सरकारले नेपालमा गरिरहेको राहत र पुनर्निर्माणको कामबारे चासो राख्दै यसको विवरण दिन आग्रहसहित आचार्यको इमेल पनि पठाइदिएका थिए ।
जवाफमा राहत कार्यक्रम मन्त्री डेजमण्ड स्वाइनीले लामो विवरण दिंदै बेलायत सरकारको सहयोग निरन्तर हुने कुरा स्पष्ट पारेका छन् । स्वाइनीले विनाशकारी भूकम्प पश्चात नेपालको राहत कार्यक्रममा बेलायत सरकारले ७० मिलियन पाउण्ड दिइसकेको जनाए । ‘तपाईंको क्षेत्रमा बस्ने आचार्य यो कुरा सुनेर खुशी हुनेछन् कि अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डीएफआइडी) को अफिस गोरखा जिल्लामा पनि खोलिएको छ, जसले मानवीय काम गरिरहेको छ’, मन्त्री स्वाइनीले सांसद रोजेन्डेललाई लेखेका छन् । मन्त्री स्वाइनीले प्राकृतिक प्रकोपबाट जोगिन सन् २०११ देखि बेलायत सरकारले २२ मिलियन पाउण्ड खर्च गरेको विवरण दिंदै आगामी दिनमा पनि सहयोग जारी रहने कुरा जनाएका छन् ।
सन् २००१ देखि सांसद भएका रोजेन्डेल बेलायती संसदका विभिन्न कमिटीमा रहेर काम गरेका छन् । प्रष्ट विचार र इमान्दार भएकाले नै गत चुनावमा पनि अत्यधिक वहुमत ल्याएर रम्फोर्ड चुनावी क्षेत्रबाट विजयी भएका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते