लण्डन । युकेमा बिदा मनाउन आएका एक नेपाली युवा दश दिनदेखि सम्पर्कविहीन भएपछि बेलायती प्रहरीको निदहराम भएको छ ।
प्रहरीका अनुसार बीरे भनिने २१ वर्षीय, प्रदीप गुरुङ बिदा मनाउन युकेमा आएका थिए । पछिल्लोपटक उनी स्कटल्याण्डको केथनेसमा देखिएका थिए । गत अगस्ट २३ शनिबारदेखि उनी हराएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार केथनेसबाट उनी कहाँ जाँदै थिए वा कता जाने उनको योजना थियो भन्ने खुल्न सकेको छैन ।
उनको पारिवारिक इस्टमित्र अल्डरसट क्षेत्रमा भएको आशंका गर्दै प्रहरीले उनी पनि सोही क्षेत्रमा हुनसक्ने लख काटेको छ । साथै प्रहरीले उनको तस्वीर पनि सार्वजनिक गरेको छ ।
उनलाई वा उनलाई देख्ने सर्वसाधारणलाई प्रहरीको फोन नम्बर १०१ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । जसबाट उनी सुरक्षित र सकुशल छन् भनी प्रहरी आश्वस्त हुन खोजेको बताइएको छ ।
यद्यपि उनी कहाँबाट के सिलसिलामा युके आइपुगेका थिए प्रहरीले थप खुलाएको छैन ।
प्रहरीले ब्यग्रताकासाथ उनको खोजी गरिरहेको बताएको छ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ