
लन्डन । बेलायतको लिभरपुलस्थित जोन मोर युनिभर्सिटीले गत हप्ता एकजना प्रेरणादायी नेपाली महिला बेनी रानी घलेको जीवन यात्रामा केन्द्रित रहेर साक्षात्कार कार्यक्रम गरेको छ ।
जोन मोर युनिभर्सिटीको समाजशास्त्र विभागले गरेको कार्यक्रमको प्रमुख आयोजक थिए डा. के स्ट्याण्डिङ र डा. सारा पार्कर । डा सारा पार्कर जो लिभरपुलको नेपाली चेली भनेर परिचित छिन् ।
हाल बेनी रानी बेलायतको विभिन्न शहरमा आयोजित कार्यक्रममा भाग लिंदै छिन् । बेनीलाई विशेष रुपमा नर्वेका नागरिक डेभिड डर्कनले मद्दत गरिरहेका छन् ।
लिभरपुलस्थित जोन मोर युनिभर्सिटीले आयोजना गरेको उक्त कार्यक्रममा लिभरपुल होप युनिभर्सिटीका डा। हेमराज शर्मा, भाइस प्रेसिडेन्ट प्रणय राज शाक्य, प्रतिक्षा पौड्याल, लिभरपुल नेपाली समाजका अध्यक्ष कुमार घर्ती, डा. शम्भु आचार्य लगायत स्थानीय लिभरपुलबासीहरुको उल्लेख्य उपस्थिति थियो ।
बेनी रानी घले जसको १२ वर्षको उमेरमा नै बिहे भयो अनि जीवनले विभिन्न उतारचढाव भोग्न थाल्यो । त्यो क्षण उनका लागि बडो पीडादायी रह्यो । १३ वर्ष टेक्दै गर्दा उनले पर्यटकको भारी बोक्ने काम गरिन् । त्यही बेला उनलाई साक्षर हुनुको महत्व झन् बढि अनुभूति भयो । जिन्दगीमा धेरै उतार चढाव खेपिन् उनले । विभिन्न अप्ठेराका बाबजुद बेनी रानीले केही शिक्षा लिन सफल भइन् । समाजसेवामा पूर्ण रुपमा लागेकी बेनी रानी घलेले लैंगिक हिंसा, चेलीबेटी बेचबिखन, वाल विवाह, महिला स्वस्थ शिक्षामा नेतृत्वदायी भूमिका निभाउंदै काम गर्दै आएकी छिन् । केही वर्ष अघि उनले आफ्नो जिल्लाका अन्य महिलासंग मिलेर गाउंमा रिसाइकल गर्न मिल्ने घांसको बास्केट उत्पादन शुरु गरिन् र गाउं तथा विश्व बजारमा विक्री वितरण हुन थाल्यो । यसले तीनसय महिलालाई आम्दानीको श्रोत बन्न पुग्यो । बेनी ह्याण्डीक्राफ्ट र स्टेप फाउण्डेसन आफ्नै संस्था मार्फत काम गरिरहेकी बेनीको यी संस्थाहरु महिला सशक्तिकरणका लागि उदाहरणीय बनेको छ अहिले ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते