एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा झापा ए डिभिजनको क्लब मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले मनाङलाई २–१ ले पराजित गरेको हो।
झापाका लागि दुवै गोल विशाल राईले गरेका थिए । मनाङका लागि एक गोल दीपक राईले गरेका थिए । विशाल राईले खेलको १३ र ६८ औं मिनेट गोल गरेका थिए भने दीपकले ५३ औं मिनेटमा गोल गर्दै मनाङलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
नट आउट प्रतियोगितामा सहभागी अन्य टिममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, संकटा क्लब, थ्रिस्टार, मोरङ रहेको छ । प्रतियोगिताको विजयी टोलीले १० लाख रुपैया नगद हात पार्ने छ । उप विजेताले ५ लाख र सेमीफाइनलमा प्रवेश गर्ने टोलीले १ लाख रुपैया हात पार्ने छन् । प्रत्येक विधाको उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकले जनही ५० हजार रुपैया हात पार्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन्।
तस्वीर सौजन्य : गोल नेपाल डट कम
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने