लन्डन । गैर आवासीय नेपाली संघ बेलायत निर्वाचन समिति २०१५ लाई ४ हजार २ सय ३५ सदस्यता प्राप्त भएको छ ।
लण्डनस्थित निर्वाचन समितिको कार्यालय एक्टनटाउनमा सोमबारसम्म प्राप्त सदस्य फारमका आधारमा उक्त संख्या देखिएको हो । तर, प्राप्त सदस्यता निवेदन मध्ये रित नपुगेका सदस्यता फारमहरु केलाउने क्रम सुरु भएको छ ।
निर्वाचन समिति सदस्य सचिव रामशरण सिंखडाका अनुसार केही सदस्यता फारमहरु एकै ठाउँबाट क्यास डिपोजिट गरिएको पाइएको छ । ‘सदस्यता फारममा देखिएका समस्याहरुलाई एकै ठाउँमा राखि एनआरएनए युके कार्यसमिति र निर्वाचन समितिको संयुक्त टोलीले समस्याबारे अन्तिम निर्णय लिनेछ’, निर्वाचन समिति सदस्य सचिव सिंखडाले वीनेपालीसँग भने । उनका अनुसार निर्वाचन समितिले तोकेको मापदण्ड अनुसार नै कार्य गर्नेछ । ‘रित नपुगेका सदस्यता फारममा निर्वाचन समितिले सम्झौता गर्दैन, हामीले पाएको म्याण्डेट अनुसार काम हुन्छ’, सिंखडाले भने । यता, निर्वाचन समितिले सदस्यहरुको अभिलेख राख्ने काम पनि सुरु गरेको छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने