लण्डन । मगर महिला संघको १८ औं स्थापना दिवस युकेको स्वीण्डनमा शनिबार मनाइएकाे छ ।
मगर महिला संघ बेलायतकी अध्यक्ष हिमाली रानाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि मगर महिला संघकी पूर्व उपाध्यक्ष खुमकुमारी थापा हुनुहुन्थ्यो भने मगर संघ युकेका अध्यक्ष दुतबहादुर पुन विशेष अतिथि ।
मगर संघ युकेकी कल्चर सेक्रेटरी अनिता रानाले संचालन गरेको साे कार्यक्रममा स्वीण्डन शाखाकी अध्यक्ष इन्दिरा गलामी, युनाइटेड ह्याम्पसायर वर्कसायर सरे शाखाकी अध्यक्ष पदमकुमारी थापा, वेम्व्ली शाखाकी अध्यक्ष शशी थापा सुब्बा उपस्थित हुनुहुन्थ्यो । यस्तै अन्य जातिय संस्थाबाट दुरा समाजकी गंगामाया दुरा, गुरूङ अामा समूहबाट तेजु गुरूङ, सुनुवार सेवा समाजबाट भावना सुनुवार, जनजाति महिला महासंघका तर्फबाट अध्यक्ष कमला थापा र छन्त्याल समाजबाट छन्द छन्त्याल अतिथि थिए ।
मगर महिला संघका सल्लाहकार गोमा राना, गैरअावासीय नेपाल महासंङ युकेकी उपाध्यक्ष शान्ति थापा मगर, महिला संघका शाेभा राना र हेमालक्ष्मी थापा, कानुङ लाङ्घाकी सम्पादक देवी आले, कास्की मगर महिला संघका भूपू अध्यक्ष भूमाया थापा, ललितपुर मगर महिला संघकी अध्यक्ष कुन्ता थापामगर, मगर संघ युकेका संरक्षक घन थापा पनि कार्यक्रममा सरिक हुनुहुन्थ्याे ।
टाढाटाढाबाट आउनु भएको पाहुनाहरुलाई रमझम नाच गान पनि प्रस्तुत गरिएकाे थियाे । कौडा, सालैजो, झाम्रे, तामांग सेलो, फिल्मी सबै किसिमको नृत्य प्रस्तुत गरिएकाे थियाे । साथै कवितावाचन नानु राना, दुत पुनमगर र गोमा रानाले गरेका थिए । कार्यक्रमकाे अार्थिक हरहिसाब विष्णु श्रीशले जिम्मा लिएकी थिइन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते