लण्डन । इन्टेक १९८७ (डिसेम्बर) को साधारणसभा फ्लीटस्थित क्रुखाम वार मेमोरियल हलमा सम्पन्न भएको छ ।
सो इन्टेकमा भर्ती भएका १२५ जनामध्ये ३ जनाको निधन भइसकेको छ । दिवंगत नम्बरीहरुको सम्झनामा १ मिनेट मौनधारणपछि नेपाल र बेलायतको राष्ट्रिय गानसँगै पानसमा बत्ती बाली कार्यक्रम शुरु गरिएको थियो ।
कार्यक्रममा सहारा युकेका महासचिव कुमार गुरुङ, तमु प्ले हुका अध्यक्ष सोम गुरुङ, क्याट्रिक गल्फ क्लव तथा ब्रिटिश गोरखा नेपलिज कम्युनिटीका क्याप्टेन राम मल्ललाई खादा ओढाई सम्मान गरिएको थियो ।
इन्टरमिडेट रेगुलर कमिसन (आइआरसी) प्राप्त क्याप्टेन रतपति गुरुङ, उच्चशिक्षा हासिल गर्ने छोराछोरीहरुमा ‘ए’ लेभलको परीक्षामा चारवटा ‘ए’ ल्याउने दुर्गामति राईका छोरा ओमन राई, बनगुर युनिभर्सिटीबाट क्रिमिनोलोजीमा मास्टर्स गर्ने क्याप्टेन राम मल्लकी छोरी शर्मिला मल्ल, ब्राइटन युनिभर्सिटीबाट बायोमेडिकल साइन्समा मास्टर्स गर्ने क्याप्टेन रिटायर्ड मोहन तामांगका छोरा आसितोश तामांग, ब्रिटिश आर्मीमा भर्ती भएका जीवन राईका छोरा सनगम राईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकार देवि घर्ती र गणेश गुरुङले सबैलाई मनोरञ्जन दिलाएका थिए । यस्तै, रपन राईले साहसिक मार्शल आर्टका कला प्रस्तुत गरेका थिए भने जगवीर थापाले कविता सुनाएका थिए ।
कार्यक्रममा मार्शल आर्टका केज फाइटर रणवीर राईले धरानदेखि दमकसम्म ७२ किलोमिटर दौड आठ घण्टामा पूरा गर्न लागेको र सो वापत संकलित रकम दुर्गम क्षेत्रका खेलाडीको कल्याणका लागि प्रयोग गर्ने उद्देश्य राखेकोमा इन्टेकका तर्फबाट ४९३ पाउण्ड सहयोग गरिएको थियो ।
प्रकाश गुरुङबाट
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा