लण्डन । साउथ इष्ट लण्डनका व्यवसायीहरुको पहलमा स्थापित नेपाल कोअपरेभिट इन्भेष्टमेण्ट (एनसिआइ) ले नेपालमा लगानी गर्ने भएको छ ।
एनसिआइका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा आइतबार गोरखा भिलेज रेष्टुरेन्ट चाथाममा बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।
एनसिआइका कोषाध्यक्ष एलएन पाण्डेका अनुसार काभ्रे जिल्लामा रहेको गोरखा अर्गानिक फार्म एण्ड रिसर्च सेन्टरमा एनसिआइले लगानी गर्ने भएको हो । सो सेन्टरले अर्गानिक फार्म, रिसोर्ट, मिनरल वाटर, पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । सो सेन्टर २०१३ देखि निर्माणाधीन छ ।
यसैगरी, एनसिआइले युरोपमा पनि शाखा विस्तार गर्ने भएको छ । तत्कालमा बेल्जियम र हल्याण्डमा शाखा खोल्ने भएको हो । ‘युरोपका व्यावसायीहरुले पनि एनसिआइमा आवद्ध भएर लगानी गर्न चाहेकाले उनीहरुलाई पनि समेट्ने निर्णय गरिएको छ’ पाण्डेले भने ।
साउथ इष्ट लण्डनका १५० व्यावसायी सो संस्थामा आवद्ध छन् । संस्थाले हालै प्रोपर्टी खरिद बिक्री गरेर एकैदिनमा ३० हजार पाउण्ड नाफा आर्जन गरेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते