सरकारले भारतसँग विद्युत व्यापार सम्झौता गर्न सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षत्रीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
भारतसँग सम्झौताको बारेमा वार्ता गर्न क्षत्री नेतृत्वको टोली बुधबार नयाँ दिल्ली जाने मन्त्रिपरिषदका प्रवक्ता मिनेन्द्र रिजालले बताए ।
यसअघि भारतीय पक्षले बुधबारदेखि तीन दिन वार्ताका गर्नका आग्रह गर्दै पत्र पठाएको थियो । नेपालका प्रधानमन्त्री सुशील कोइराला र उनको भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत महिना ४५ दिनभित्र पिटिए गर्ने सहमति भएको थियो । भारतीय पक्षले
विद्युत विकास सम्झौता र विद्युत व्यापार सम्झौता एकै पटक गर्ने प्रस्ताव गर्दै सम्झौताको मस्यौदा पठाएको थियो । तर नेपालका राजनीतिक दलहरुबीच दुवै सम्झौता फरक फरक निर्णय गरेका थिए । नेकपा-माओवादी सहित १० राजनीतिक दलले भने सम्झौताको विरोध गर्दै आएका छन् ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी