सरकारले भारतसँग विद्युत व्यापार सम्झौता गर्न सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षत्रीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
भारतसँग सम्झौताको बारेमा वार्ता गर्न क्षत्री नेतृत्वको टोली बुधबार नयाँ दिल्ली जाने मन्त्रिपरिषदका प्रवक्ता मिनेन्द्र रिजालले बताए ।
यसअघि भारतीय पक्षले बुधबारदेखि तीन दिन वार्ताका गर्नका आग्रह गर्दै पत्र पठाएको थियो । नेपालका प्रधानमन्त्री सुशील कोइराला र उनको भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत महिना ४५ दिनभित्र पिटिए गर्ने सहमति भएको थियो । भारतीय पक्षले
विद्युत विकास सम्झौता र विद्युत व्यापार सम्झौता एकै पटक गर्ने प्रस्ताव गर्दै सम्झौताको मस्यौदा पठाएको थियो । तर नेपालका राजनीतिक दलहरुबीच दुवै सम्झौता फरक फरक निर्णय गरेका थिए । नेकपा-माओवादी सहित १० राजनीतिक दलले भने सम्झौताको विरोध गर्दै आएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित