
लन्डन । लन्डनबाट सञ्चालित गोरखा च्यानल (टिभी) ले गैर आवासीय नेपाल संघ (एनआरएनए) यूकेको सेप्टेम्बरमा हुने निर्वाचनमा पदाधिकारीहरुका उम्मेदवारबीच पत्रकार आचारसंहिता विपरीत वक्तासित पटक पटक पैसा ताकेता गरेको खुलेको छ ।
च्यानलका तर्फबाट कार्यक्रम निर्देशक राजेन्द्र भट्टको नाममा म्यासेज (तल हेर्नुहोस्) मार्फत रकम हाल्न बारम्बर ‘रिमाइन्डर’ पठाइएको केही उम्मेदवारका आकांक्षीले जनाएका छन् । गोर्खा च्यानलले भने त्यसको खण्डन गर्दै उल्टो वीनेपालीलाई चेतावनीको भाषामा आफ्नो ब्रान्डको बदनाम गरेको जिकिर गरेको छ ।
यद्यपि, पैसा माग गरिएको टेलिभिजन बहसमा न्यून सहभागिता भएको छ । आइतबार गरिएको यस्तो बहसमा अध्यक्षका आकांक्षीहरुमध्ये ३, उपाध्यक्षका आकांक्षीमध्ये ३ र सचिवका एक जना मात्र उपस्थित थिए । महासचिव, महिला उपाध्यक्ष र कोषाध्यक्षका सम्भावित उम्मेदवारहरु कोही पनि उपस्थित भएनन् ।
च्यानलले अध्यक्षका सम्भावित उम्मेदवारहरुसित २०० पाउण्ड र पदाधिकारीका अन्य उम्मेदवारहरुसित १०० पाउण्ड माग गरेको थियो । आमन्त्रित उम्मेदवारहरुलाई कार्यक्रम उपस्थित हुनुअगावै गोरखा च्यानलको बाक्लेज बैँकको एकाउण्टमा पैसा जम्मा गरिदिन पनि अनुरोध गरिएको थियो ।
बहसमा अध्यक्षका सम्भावित उम्मेदवारहरु विश्वासदीप तिगेला, हीराधन राई र योगकुमार फगामीमगर उपस्थित थिए भने उपाध्यक्षका सम्भावित प्रत्याशीहरु राष्ट्र राई, माया गुरुङ र सनत गुरुङ तथा सचिवका उम्मेदवार खुशी लिम्बु सरिक थिए ।
अध्यक्षका उम्मेदवारहरु मुच्छेत्र गुरुङ, बुद्धिराम थापा र कल्पना आङबुहाङ, उपाध्यक्षका उम्मेदवारहरु डासु पाण्डे, ललित न्यौपाने, अर्जुन कटवाल, मिलन भट्टराई उपस्थित भएनन् । महासचिवका आकांक्षीहरु राजकुमार त्रिपाठी र विजयविक्रम लिंगदेन पनि अनुपस्थित रहे । सचिवका सम्भावित उम्मेदवार कृष्ण तिवारी र कोषाध्यक्षका दीपक श्रेष्ठ र सुनिल खड्का दुवै उपस्थित भएनन् । महिला उपाध्यक्षका उम्मेदवार शान्ति थापा कुँवर पनि कार्यक्रममा देखिइनन् ।
कार्यक्रममा सहभागी अध्यक्ष पदका सम्भावित प्रत्याशी विश्वासदीप तिगेलालाई ‘कार्यक्रमका लागि पैसा दिनु भयो कि भएन’ भनी गरिएको प्रश्नमा उनले ‘पैसा नदिएको’ बताए । ‘बहसमा सहभागी भएवापत पैसा नदिने तर च्यानलले आयोजना गर्ने गरेका कल्याणकारी कार्यका लागि सहयोग गर्ने’ तिगेलाको भनाइ छ ।
अध्यक्षका आकांक्षी हिराधन राईले गोर्खा च्यानललाई भन्दा पनि हल भाडाका लागि रकम दिने जनाए । ‘भेटेको बेला क्यास नै दिउं भनेको बैंक अकाउन्टमा हाल्न भनेपछि पछि पठाइदिनुपर्ला’, हिराधनले भने ।
सचिव पदमा उम्मेदवारी दिन लागेका खुशी लिम्बुले कार्यक्रममा सहभागी भए पनि पैसा अहिलेसम्म नदिएकाे बताए । उनले भने, ‘अरूले दिए दिन पर्ला नत्र त्यतिकै बस्नुपर्ला ।’ एनअारएन युकेका उम्मेदवारहरूबीचकाे बहसले गाेरखा च्यानललाइ पनि फाइदै पुग्ने उनकाे भनाइ थियाे ।
गलत आरोप लगाइयोः च्यानल
गोरखा च्यानलले फेसबुक स्टाटस मार्फत वीनेपालीमा प्रकाशित समाचारमा कार्यक्रमका लागि पैसा उठाइएको भनी च्यानलमाथि गलत आरोप लगाइएको प्रतिक्रिया दिएको छ । च्यानलले आरोप अस्वीकार गर्दै यो कम्पनीको साख र आचारसंहिताको मात्र प्रश्न नभएर कसरी यूके र संसारमा नेपाली टेलिभिजन सञ्चालित हुन्छन् भन्ने प्रश्न भएको बताएको छ । च्यानलले बिनाप्रमाण आफ्नो ब्राण्डलाई बदनाम गरिएको र संहिताको गम्भीर उल्लंघन गरिएको दाबी गरेको छ । यस विषयलाई वेवास्ता गर्न अनुरोध गर्दै च्यानलले यस विषयमा अनुसन्धान गर्न अलग समिति बनाएको र कानुनी परामर्श लिंदै गरेको जनाएको छ ।
यसरी म्यासेजमा ताकेता गरिएको थियो पैसा उठाउन
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी