लण्डन । नेपालका भूकम्प पीडितको सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासको पहलमा हालसम्म पाँच करोड रुपियाँ सहयोग गरिएको छ ।
बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार यसअघि नै दूतावासबाट तीन करोड रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरिसकिएको छ भने यसैसाता मात्र थप दुई करोड रुपियाँ पठाइएको छ ।
दूतावासले युकेमा रहेका नेपाली समुदाय तथा गैरनेपाली समुदायबाट सो रकम संकलन गरेको हो । ‘अरु थप एक करोड रुपियाँ उठ्न सक्ने आशा गरेका छौँ’ क्षेत्रीले भने । बेलायतको अवस्था अन्य मुलुकको भन्दा पृथक रहेकाले सोचेजस्तो सहयोग उठाउन नसकिएको उनले बताए ।
‘अरु देशमा नेपाली, गैरनेपाली सबैले दूतावासमार्फत सहयोग गरे । बेलायतमा भने कतिपय नेपाली संघसंस्था र व्यक्तिहरुले आफैँ नेपाल पुगेर सहयोग दिए । आइएनजिओहरुले पनि आफैँले सहयोग संकलन गरे’ उनले प्रष्ट्याए ।
दूतावासले यही २३ तारिखका दिन भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने संघ संस्थालाई कदर पत्र प्रदान गर्ने कार्यक्रम पनि राखेको छ । यद्यपि सहयोग संकलनको कार्यलाई भने सो मितिपछि पनि जारी नै राख्ने क्षेत्रीले जानकारी दिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा