लण्डन । नेपालका भूकम्प पीडितको सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासको पहलमा हालसम्म पाँच करोड रुपियाँ सहयोग गरिएको छ ।
बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार यसअघि नै दूतावासबाट तीन करोड रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरिसकिएको छ भने यसैसाता मात्र थप दुई करोड रुपियाँ पठाइएको छ ।
दूतावासले युकेमा रहेका नेपाली समुदाय तथा गैरनेपाली समुदायबाट सो रकम संकलन गरेको हो । ‘अरु थप एक करोड रुपियाँ उठ्न सक्ने आशा गरेका छौँ’ क्षेत्रीले भने । बेलायतको अवस्था अन्य मुलुकको भन्दा पृथक रहेकाले सोचेजस्तो सहयोग उठाउन नसकिएको उनले बताए ।
‘अरु देशमा नेपाली, गैरनेपाली सबैले दूतावासमार्फत सहयोग गरे । बेलायतमा भने कतिपय नेपाली संघसंस्था र व्यक्तिहरुले आफैँ नेपाल पुगेर सहयोग दिए । आइएनजिओहरुले पनि आफैँले सहयोग संकलन गरे’ उनले प्रष्ट्याए ।
दूतावासले यही २३ तारिखका दिन भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने संघ संस्थालाई कदर पत्र प्रदान गर्ने कार्यक्रम पनि राखेको छ । यद्यपि सहयोग संकलनको कार्यलाई भने सो मितिपछि पनि जारी नै राख्ने क्षेत्रीले जानकारी दिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते