
लण्डन । गैरआवासीय नेपाली संघ बेलायत निर्वाचनमा मतदाताको संख्या गणना कार्य सुरु गरिएको छ ।
निर्वाचनमा समितिका पदाधिकारीसहित १५ जनाले मतदाता गणना गरि कुल संख्या सार्वजनिक गर्न लागेका हुन् । शनिबार र आइतबारको मतगणनामा मतदाताको करिब संख्या थाहा भएपनि कुल संख्या पत्ता लाग्न केहि समय लाग्नेछ । समितिले १७ तारिखको ‘पहिलो आवर’को पोस्ट पनि बुझ्ने जनाएको छ । निर्वाचन समितिको सुचनामा शनिवार साँझ ६ बजेसम्म पोस्ट बुझ्ने बताएपनि शनिवार १२ बजे नै ‘पोस्ट अफिस’ बन्द हुने प्रावधानले गर्दा सोमबारको पोस्ट बुझ्नु पर्ने बाध्यता देखिएको हो । जसका कारण कुल मतदाता संख्या आउन ढिलाई हुने भएको छ
‘हामी १५ जना आजदेखि सदस्य संख्या गणनामा लागेका छांै’, सदस्य सचिव रामशरण सिंखडाले वीनेपालीसँग भने, ‘भोली सम्ममा सदस्य संख्या पत्ता लाग्छ । कति संख्यामा रित पुगेका छन वा छैनन् भन्ने पनि थाहा हुन्छ ।’ निर्वाचन समितिको कार्यालय लण्डनस्थित एक्टनमा छ । शनिवार एनआरएनए युकेको सदस्यता बुझाउने अन्तिमदिन चार वटा बोरामा कार्यसमिति र निर्वाचन समितिले संयुक्त रुपमा बुझेका थिए । शनिवार गैरआवासीय नेपाली संघ युके र निर्वाचन समितिका संयुक्त टोली ग्रीनवीचवोरोस्थित रोयलमेल कार्यालयमा पुगेका थिए ।
टोलीमा एनआरएनए युकेका तर्फबाट अध्यक्ष महेन्द्र कंडेल, सचिव दासुराम पाण्डे, प्रवक्ता अर्जुन कटुवाल, सदस्यहरु फडिन्द्र भट्टराई, दीपक श्रेष्ठ, ह्यारी गुरुङ र ललित न्यौपानेसहित थिए । निर्वाचन समितिका तर्फबाट समिति संयोजक डा.राघव धिताल, सदस्य सचिव रामशरण सिंखडा, सदस्यहरु विश्वआर्दश पण्डित, पुर्ण लक्सम थिए । सो क्रममा हालै एनआरएनए युकेमा उम्मेदवार घोषणा गरेका व्यक्तीहरुको पनि सहभागीता थियो । एक बोरामा करीव आठ सय फारम अट्ने अनुमान गरिएको छ । यसअघि पनि संयुक्त टोलीले एक बोरा फारम बुझेको थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते