रोशन मेवाहाङग
लन्डन । लन्डनको आफ्नै फूलबारी मानिने केन्टवरी सहरको कम्युनिटी हलमा संखुवासभा जिल्लाका कार्यरत सैनिकहरुले वार्षिक भेटघाट तथा चिनजान कार्यक्रम सम्पन्न गरेका छन् ।
दोस्रो गोर्खा बटालियनमा आवद्ध संखवासभा जिल्लाका कार्यरत सैनिकहरुले वर्षेनी यस्तो भेटघाट कार्यक्रम गर्दै आएको जानकारी समूहका वारेन्ट अफिसर नेत्र राईले जानकारी गराए ।
नेपाली भेषभूषामा सज्जित सहभागीको ताँती हेर्दा र संखुवासभाको ठेट संगित सुनिरहँदा आफ्नै गाउँघरमा पुगेको आभास गरेको संखुवासभा निवासी सार्जेन्ट योगेन्द्र राईले बताए । कार्यक्रममा सहभागी सचिन थापाले संखुवासभा जिल्ला समाज युकेले हरेक वर्ष आयोजना गर्ने यस जमघटले बेलायती नेपालीहरुमाझ गाँउघरको याद मेटाउन सकिने बताए ।
कार्यक्रमको प्रारम्भमा स्वास्थ्य तथा सुरक्षाको जानकारी कार्यक्रम संयोजक वारेन्ट अफिसर छत्रमान लिङथेपले गराएका थिए । कार्यक्रमका संन्चालक मदन जिमीले स्वागत मन्तव्य राख्दै वार्षिक भेटघाट कार्यक्रमलाई औपचारिकरुपमा थालनी गरे लगतै ज्वाइँचेला र विशेष अतिथिजनहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा उपस्थित संखुवासभाका कार्यरत सैनिकहरु पदोन्नति हुनु भएकोमा समूहकै अगुवा वारेन्ट अफिसर छत्रमान लिङथेपले शुभकामना दिंदै दुर्गम गाउँबाट बेलायत प्रवेश गरेका विभिन्न जाति, वर्ग र धर्ममा आस्था राख्ने सम्पूर्ण जिल्लाबासीहरुको एक मात्र साझा आँगनको रुपमा विकसित भएको समाजले हरेक वार्षिक कार्यकम गरिरहँदा ज्यादै खुशी लागेको अभिव्यक्ति दिए ।
सन्चालक मदन जिमीले सदा झैं हरेक वर्ष गाँउको सम्झना आउने मनोरन्जनात्मक प्रतियोगिता “म पनि जाने संखुवासभा तोङबा र माछा खान” उपस्थितमाझ प्रतिस्पर्धा गराएका थिए । उक्त प्रतियोगिता अत्यन्तै चाखलागदो र मनोरन्जनात्मक रहेको जिल्लाबासीहरुको भनाइ थियो । कार्यकमको अन्त्यमा प्रथम, दोस्रो र तेस्रो विजयी प्रतियोगीहरुलाई गाउँकै याद आउने कोदोको तोङबा र सभा खोलाको असला माछा खानाको लागि जिल्ला पुग्ने पुरस्कार वितरण गरेको जानकारी कार्यक्रमका व्यवस्थापक सार्जेन्ट धन गुरुङले बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा