लन्डन । समाजसेवा गर्न एनजिओ, आइएनजिओ हुनै पर्ने आवश्यकता छैन् । मन भएपछि यसका लागि अनेक काइदा छन् ।
लन्डनस्थित एउटा निजी कम्पनीले ह्वीस्की शो मार्फत नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । स्पेशलिटी ड्रिंक्स् लिमिटेडले आगामी अक्टोबर ३ तारिख सांझ ओल्ड बिलिङस्गेट मार्केट लन्डनमा हुने ह्वीस्की शोमार्फत सहयोग गर्ने जनाएको छ ।
भूकम्प पीडितको सहयोगका लागि ४५ वटा विशेष टिकेटको प्रति गोटा ६ हजार पाउण्डमा बेचिने कम्पनीले जनाएको छ । उक्त टिकेट खरिद वापत अतिथीले जापनीज करुइजावा १९८३ ह्वीस्कीको एक बोटल पाउनेछन् ।
कम्पनीका प्राविधिक निर्देशक जय पौडेलले सबै टिकेट विक्री भए दुई लाख ७० हजार पाउण्ड (करिब ४ करोड २४ लाख रुपैयां) पीडितलाई पठाउने निर्णय कम्पनीले गरेको जनाए । कम्युनिटी एक्सन नेपाल, माइती नेपाल, हेल्प नेपाल नेटवर्क, स्वाट र दि नेपाल ट्रष्ट जस्ता पांच च्यारिटी मार्फत सहयोग रकम पठाउने कम्पनीको योजना छ ।
सातौं ह्वीस्की शोमा विश्वभरका ह्वीस्की पारखीहरुको सहभागिता हुने अपेक्षा छ । विश्वकै अति महंगा ह्वीस्की राखिने उक्त शोमा ४२ वर्ष पुरानो करुइजावा लगायत ह्वीस्की राखिनेछ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते