लन्डन । सुन्दर गला र आकर्षक सौन्दर्य एकैसाथ सबैलाई मिल्दैन । कोही सुन्दरी हुन्छन् गाउन सक्दैनन् । कोही मिठो गाउंछन् सुन्दर लाग्दैनन् । तर, आफ्नो सुमधुर आवाजले हरेक संगीतप्रेमीको दिलमा राज गर्न सफल गायिका अन्जु पन्तको हकमा भने यो विपरित छ । उनमा आवाज मात्र होइन, सौन्दर्यताको पनि कमी नरहेको प्रमाण्ति भएको छ एउटा म्यूजिक भिडियोमा ।
सांगीतिक क्षेत्रमा उनको आवाजको जादु चल्ने बित्तिकै उनलाई सिनेमाको अफर पनि त्यत्तिकै आयो । आफ्ना गीतको भिडियोमा पनि कमै देखिने अन्जुले सबै प्रस्तावहरुलाई अस्वीकार गरिरहेकी थिइन् । तर, अहिले आएर उनलाई आफैंले गाएको एउटा गीत यति मन परेछ, त्यो गीतको भिडियोमा आफैंले मोडलिङ् गरिन् ।
केही समय आगाडि कार्यक्रमका सिलसिलामा लन्डन आएकी अन्जुले त्यही बेला जुनी जुनी… बोलको गीतमा मोडलिङ् गरेकी हुन् ।
पत्रकार नृपेश उप्रेतीको बजारमा आउंदै गरेको एल्बम खुशीको उक्त गीतमा अर्जुन पोखरेलको संगीत छ ।
“मैले गाउने गीतहरु भन्दा अलि फरक शैलीको छ यो गीत’’ उनी भन्छिन् “अलि फास्ट बिटको, पार्टीहरुमा पनि चल्ने र मेरा लागि अलिक नयांपन भएकाले पनि आफैंले मोडलिङ् गरेकी हुं’’ ।
लन्डनका स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन रहेको सो म्यूजिक भिडियोमा अन्जुका दृश्यहरु लन्डनको चर्चित लोकेशनहरु वेष्ट मिनिस्टर, लन्डन आइ, टावर ब्रीज, थेम्स् नदी वरपर खिचिएको छ । लन्डनमा रहेकी चर्चित नेपाली डिजाइनर अन्जली केसीको आकर्षक डिजाइनर ड्रेसहरुमा अन्जुलाई भिडियोमा देख्न सकिन्छ । गीतको छायांकनमा कुनै सम्झौता नगरेकाले भिडियो निकै राम्रो बनेको खुशी एल्बमकी निर्मात्री सोबिता उप्रेती बताउंछिन् ।
चांडै नै बजारमा आउने तयारीमा रहेको यो गीतमा मोडल बिदुर अधिकारी र सारा अन्जु पन्त संगै समानान्तर भूमिकामा देखिने छन् ।
यूकेमा नै फोटो अनि भिडियोग्राफीलाई मुख्य पेशा बनाएका निर्देशक कुशल श्रेष्ठले यो गीतको भिडियो बनाउने चुनौती खेपेका छन् । उनी भन्छन्, लन्डनको दृश्यहरुलाई आकर्षक शैलीमा प्रस्तुत गर्नु त छंदैछ, अन्जु जस्तो लोकप्रिय गायिकालाई मोडलका रुपमा पृथक तरिकाले उभ्याउन कम सहज थिएन् ।
चर्चित गायकद्वय शिव परियार र प्रमोद खरेललाई पहिलो पटक एकसाथ लिएर आफ्नो पहिलो गजल गाउन लगाई चर्चामा आएका गीतकार उप्रेतीको यो दोश्रो भिडियो हो । शब्द, संगीत र गायनका हिसाबले यो गीत अब्बल र भिडियो पनि सोचे भन्दा राम्रो बनेको दावी गर्ने उनी यस गीतबाट निकै आशावादी छन् । उनलाई यस गीत आफ्नो लेखनमा कोशेढुङ्गा हुन सक्ने विश्वास छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार