
लन्डन । विदेशमा अध्ययनरत विद्यार्थीलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को सदस्यता दिन वञ्चित गरिएकामा बेलायतस्थित नेपाली विद्यार्थीहरुले आक्रोश व्यक्त गर्दै त्यसविरुद्ध विश्वव्यापी अभियान गर्ने भएका छन् ।
नारामा एनआरएनएले समस्त गैर अवासीय नेपालीलाई प्रतिनिधित्व गर्ने भनिए पनि व्यवहारमा विद्यार्थीलाई अलग्याइएकोप्रति विद्यार्थीको कडा आक्रोश छ । उनीहरुले आफूहरु संघ विरुद्ध नभइ यसको भेदभावपूर्ण विधानको विपक्षमा रहेको जनाउंदै यसलाई सच्याउन विश्वव्यापी अभियान शुरु गर्ने दावी गरेका छन् ।
यसअघि खासै चर्चामा नरहेको यो मुद्दा गैर आवासीय नेपाली संघ, बेलायतको निर्वाचन आउन अब एक महिनामात्र बांकी रहंदा विद्यार्थीले मतदान गर्न नपाउने भएपछि चर्केको हो ।
विद्यार्थीहरुका एकजना अगुवा गणेश खड्काले सामाजिक सञ्जालमा एनआरएन स्टुडेन्ट्स एसोसिएसन मार्फत नियम सच्याउन दवाव दिइने जनाए । उनले यस मुद्दाको उठान बल्ल शुरु भएको जनाउंदै विश्वभरका विद्यार्थीहरुलाई एकजुट भएर दवाव दिन आग्रह गरिने बताए ।
स्वतस्फूर्त रुपमा विद्यार्थीहरुको यसै साता उलवीचमा बसेको बैठकले एनआरएनमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने अन्यथा अर्को संस्था जन्माउन वाध्य हुने निष्कर्ष निकालेको छ ।
विद्यार्थीले एनआरएनए यूके शाखालाई यस्तो नियम सच्याउनका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।
गैर आवासीय नेपालीका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमा गैर आवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक सम्झनु पर्ने र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउने उल्लेख छ । साथै विदेशमा बस्ने नेपाली नागरिक भन्नाले सार्कको सदस्य मुलुकमा बसोवास गरेको, नेपाल सरकारबाट खटिइ विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्य दूतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिक सम्झनुपर्छ भनिएको छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने