
लन्डन । शनिवार सम्पन्न छैटौं स्वीन्डन कप रेडिङ युनिटीले जितेको छ । स्वीन्डनस्थित न्यू कलेज मैदानमा भएको उक्त प्रतियोगितामा रेडिङ युनिटीले यो सहित लगातार दोश्रो वर्ष कप जितेको हो । उक्त टिमले १२ सय पाउण्ड, ट्रफी र कप पाएको छ ।
९ ए साइड उक्त प्रतियोगितामा फस्ट रनरअप भयो लजी एफसी ।
भेट्रान र नन भेट्रान गरि १६ टिम सहभागी स्वीन्डन कपमा भेट्रानतर्फ स्वीन्डन एफसी वीनर बन्यो भने रनर अप धरान समाज यूके भएको छ ।
त्यसैगरि, अन्डर १६ अन्तर्गत वीनर बनेको छ रेडिङ युथ । यो खेलमा रनर अप भयो स्वीन्डन युथ ।
स्वीन्डन कपमा भलिवल प्रतियोगितामा समेत सामेल थियो जसमा स्वीन्डन ए वीनर र वीन्चेष्टर रनरअप भए । भलिवलका लागि चार टिम प्रतिष्पर्धी थिए ।
विजेता टिम र खेलाडीलाई आयोजक नेपाली समाज वील्सायरका अध्यक्ष राजनकुमार क्षेत्रीले बधाईसहित पुरस्कार प्रदान गरे । सहभागीलाई स्वागत गर्दै अध्यक्ष क्षेत्रीले प्रतियोगिता एकापसमा सम्वन्ध विस्तार र युवा मनोवल बढाउने उद्देश्यले गरिएको बताए ।
करिब १५ सय दर्शक सहभागी प्रतियोगितामा अतिथी थिए वील्सायर एफसी अध्यक्ष क्लिभ आर्चर । प्रतियोगिताका अवसरमा रक्त क्यान्सरबाट पीडित ४ वर्षीय बालक सृनिकजंग खड्काका लागि आवश्यक बोन म्यारो जुटाउन २ सय जनाले डिएनए स्याम्पल परिक्षण समेत गरेको अध्यक्ष क्षेत्रीले जनाए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?