लन्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) तेस्रो महाधिवेसनको तयारीमा जुटेको छ ।
लामो समय बेलायतसित गोरखाहरूको समान हक स्थापनाका लागि नेतृत्वदायी आन्दोलन गरेको गेसो केही समययता मौन थियो ।
गेसो सभापति पदमबहादुर गुरूङले गोरखा सैनिक आवाज मासिकसितको अन्तरवार्तामा तेस्रो महाधिवेसनपछि गेसो आन्दोलन नयां चरणमा प्रवेश गर्ने बताएका छन् ।
‘गत वर्षको चैत २५ गते हाम्रो कार्यकाल सिद्धिएको छ । अब हामी तेस्रो महाधिवेसनको तयारीमा छौं’ उनले भनेका छन् ।
धेरै गोरखाहरू बेलायतमा बसोबास गरिरहेकाले तेस्रो महाधिवेसन बेलायतमा नै गरिने उनले बताए ।
उनले बेलायतमा भूपू सैनिकहरूको आवादीको आधारमा जिल्लास्तरीय समितिहरू गठन गर्ने र उनीहरूकै प्रतिनिधित्व रहने गरी नयां केन्द्रीय समिति बनाइने पनि जानकारी दिए ।
उनले तेस्रो महाधिवेसनबाट पुनः सभापतिको जिम्मेवारी लिन नचाहेको पनि प्रष्ट पारे । तर नेतृत्व नलिने पूरै इन्कार भने गरेनन् । ‘यसपटक भरसक मैले नयां नेतृत्व अथवा नयां पुस्ताले यो अभिभारा बहन गरुन् भन्नेमा छु । मेरो उमेर अहिले ७३ वर्ष पुगिसक्यो । नयां जोश र जांगरले नयां पुस्ता गेसोमा सेवा गर्न आओस् भन्ने मेरो पवित्र इच्छा छ’ उनले भने ।
बेलायतमा भूपू गोरखाहरूको बसोबासका आधारमा स्थानीय समिति चयन गर्न सभापति गुरूङ, उपसभापति कृष्णकुमार राई र सल्लाहकार डा. चन्द्रबहादुर गुरूङ रहेको समिति बनाइएको छ ।
महाधिवेसनपछि गेसोले नेपाल र नेपालीको स्वाभिमानको प्रतीक साल्मेडांडामा बन्न लागेको स्मारकलाई पूर्णता दिने, नेपाल सरकार र बेलायत सरकारलाई अहिलेको परिवर्तित अवस्था अनुसार नयां द्विपक्षीय सम्झौता गर्न दवाव दिने र गोरखाहरूलाई नेपाल र बेलायतमा बराबर अधिकार दिलाउन पहल गरिने उनले थपे ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता