लन्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) तेस्रो महाधिवेसनको तयारीमा जुटेको छ ।
लामो समय बेलायतसित गोरखाहरूको समान हक स्थापनाका लागि नेतृत्वदायी आन्दोलन गरेको गेसो केही समययता मौन थियो ।
गेसो सभापति पदमबहादुर गुरूङले गोरखा सैनिक आवाज मासिकसितको अन्तरवार्तामा तेस्रो महाधिवेसनपछि गेसो आन्दोलन नयां चरणमा प्रवेश गर्ने बताएका छन् ।
‘गत वर्षको चैत २५ गते हाम्रो कार्यकाल सिद्धिएको छ । अब हामी तेस्रो महाधिवेसनको तयारीमा छौं’ उनले भनेका छन् ।
धेरै गोरखाहरू बेलायतमा बसोबास गरिरहेकाले तेस्रो महाधिवेसन बेलायतमा नै गरिने उनले बताए ।
उनले बेलायतमा भूपू सैनिकहरूको आवादीको आधारमा जिल्लास्तरीय समितिहरू गठन गर्ने र उनीहरूकै प्रतिनिधित्व रहने गरी नयां केन्द्रीय समिति बनाइने पनि जानकारी दिए ।
उनले तेस्रो महाधिवेसनबाट पुनः सभापतिको जिम्मेवारी लिन नचाहेको पनि प्रष्ट पारे । तर नेतृत्व नलिने पूरै इन्कार भने गरेनन् । ‘यसपटक भरसक मैले नयां नेतृत्व अथवा नयां पुस्ताले यो अभिभारा बहन गरुन् भन्नेमा छु । मेरो उमेर अहिले ७३ वर्ष पुगिसक्यो । नयां जोश र जांगरले नयां पुस्ता गेसोमा सेवा गर्न आओस् भन्ने मेरो पवित्र इच्छा छ’ उनले भने ।
बेलायतमा भूपू गोरखाहरूको बसोबासका आधारमा स्थानीय समिति चयन गर्न सभापति गुरूङ, उपसभापति कृष्णकुमार राई र सल्लाहकार डा. चन्द्रबहादुर गुरूङ रहेको समिति बनाइएको छ ।
महाधिवेसनपछि गेसोले नेपाल र नेपालीको स्वाभिमानको प्रतीक साल्मेडांडामा बन्न लागेको स्मारकलाई पूर्णता दिने, नेपाल सरकार र बेलायत सरकारलाई अहिलेको परिवर्तित अवस्था अनुसार नयां द्विपक्षीय सम्झौता गर्न दवाव दिने र गोरखाहरूलाई नेपाल र बेलायतमा बराबर अधिकार दिलाउन पहल गरिने उनले थपे ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने